#सफलता सुत्र १ (Success Formula 1) ।। राम वि शाम ।।

विचार समाचार

एकपटकको यौन सम्पर्कमा ३ करोड भन्दा बढि शुक्रकिट स्खलित हुन्छन्, जसमा एउटा शुक्रकिट महिलाको डिम्बासँग मिलन भएपछि भ्रुणको विकास शुरु हुन्छ । एकैपटकको यौनसम्पर्कमा गर्भ रहन्छ भन्‍न सकिदैन । एक महिनाको समयलाई उदाहरण लिऔँ । मानौँ, एक महिनामा हाम्रो बाउआमाको विचमा औषतमा २०-३० पटक यौनसम्पर्क भयो । सीधा हिसाब गरौँ, एकपटकको यौनसम्पर्कमा स्खलित हुने शुक्रकिट ‍= ३ करोड, २० पटकमा २०X३ करोड = ६० करोड ।

बुवाको ६० करोड शुक्रकिटबाट छनोट भएर एउटा शुक्रकिट आमाको डिम्बासँग मिलन भयो र हाम्रो जन्म भयो । ५९,९९,९९,९९९ लाई पछि पार्दै पहिलो विजयको शुरुवात स्वरुप हाम्रो यस धर्तीमा जन्म भयो । यसरी नै संसारका हरेक मान्छेको जन्म भएको हो । त्यसैले संसारका हरेक मान्छे विशेष छौँ, हरेक मान्छेसँग महान बन्‍न सक्ने प्रचुर क्षमता र सम्भवना हुन्छ ।

६० करोडबाट छनोट हुनु, जिब्रो र औँठाछाप संसारका कसैसँग नमिल्नु यी सबै एक मान्छे, एक विशेषताका उदाहरण हुन् । हरेक व्यक्ति God Gifted Talent लाई विकास गरी महान मान्छे जिम्मेवारीका साथ यस धर्तीमा आएको हुन्छ । जो जसले आफूभित्रको वास्तविक क्षमता र प्यासन पहिचान गर्न सके सबैले महान सफलता हात पारे र पारीरहेका छन् । भविष्यमा जो जति महान बन्नेछौँ, बन्‍नेछन् ती सबैले आफूभित्रको क्षमता र प्यासन पत्ता लगाएरै सफल हुनेछौँ, हुनेछन् । सम्भावना र क्षमता सबै लिएर आउँछन् तर संसारका ९५% भन्दा बढिको जीन्दगी असफलता र पीडादायीसँग सकिन्छ ।

वास्तविक क्षमता र प्यासनभन्दा बाहिर गएर संसारमा कसैले पनि वास्तविक सफलता प्राप्त गरेको देखिँदैन । प्यासनभन्दा बाहिर गएर न हिजो कोही सफल भए, न आज भईरहेका छन्, न त भोली नै हुनेछन् । यत्तिको कुराको ज्ञान ९५% भन्दा बढिलाई कहिल्यै हुन सकेन् । किनकी हामी जीउँदो रहने दौरानमा बाँच्‍न विर्सिरहेका छौँ । वास्तविक क्षमता र प्यासन पहिचान नभएकै कारण मान्छे जीवनमा भौतारीरहन्छ, भौतारीरहेछ, भाैतारिनेछ । जुन उमेरमा या जतिबेलामा यो कुराको घैँटोमा घाम लाग्छ, मान्छेले पहिलो सफलता हात पार्दछ ।

आउनुहोस्, आफूभित्रको वास्तविक क्षमता र प्यासन पहिचान गरौँ ।

सन् १९८३ मा हावर्ड विश्वविद्यालयका प्रोफेसर डा. हुवार्ड गार्डनरले Multiple Intelligence अघि सार्नुभयो । संसारमा ९ प्रकारका Intelligence भएका मान्छेहरु हुन्छन् । हरेक मान्छेमा कुनै न कुनै Intelligence हुन्छ । आफूभित्रको Intelligence पहिचान गर्ने र त्यसैलाई प्रोफेसनमा रुपान्तरण गर्न सके सफलता हात पर्दछ ।

9 Multiple Intelligence By Dr. Howard Gardner

  • Naturalist (nature smart)
  • Musical (sound smart)
  • Logical-mathematical (number/reasoning smart)
  • Existential (life smart)
  • Interpersonal (people smart)
  • Bodily-kinesthetic (body smart)
  • Linguistic (word smart)
  • Intrapersonal (self smart)
  • Spatial (picture smart)

यी ९ वटा Intelligence मध्ये एउटा न एउटा हरेक व्यक्तिसँग गाढा रुपमा रहेको हुन्छ । एउटा गाढा र अन्य २/३ वटा अलि कम मात्रमा देखिन सक्छन् । Intelligence पहिचान गरिसकेपछि त्यही अनुसारको जीवनमा अघि बढ्नुपर्ने क्षेत्र, प्यासन अनुसार फिक्स गर्नुपर्छ ।

मेरै उदाहरण शेयर गर्न चाहान्छु । मैले Test गरेपछि थाहा भयो की मभित्र सबैभन्दा बढि Intrapersonal Intelligence उच्चत्तम देखियो । जसका करियरका क्षेत्रहरु Philosopher, Trainer, Psychologist, Counselor, Entrepreneur, Historian, Inventor, Librarian, Scientist, Theologian etc. यी अन्य धेरै Intrapersonal Intelligence का करियर क्षेत्रका विचबाट मैले प्यासन अनुसार Trainer फिल्ड फिक्स गरेँ ।

प्यासन फिक्स गर्ने तरिकाः-

  • प्यासनमा काम, काम हुँदैन मात्र आनन्द हुन्छ ।
  • जुन कामले गास, वास, कपास, सहावास लगायतका सबै क्षणिक मस्ती विर्साईदिन्छ, त्यो प्यासन हो ।
  • प्यासनमा प्राप्तिमा हैन, प्रक्रियामा आनन्द मिल्छ ।
  • जुन विषयका ५०० भन्दा बढि किताब बोर नमानिकन पढ्न सकिन्छ, त्यही प्यासन हो ।
  • जुन काम हामी विना पारिश्रमिक ५ वर्षभन्दा धेरै गर्न तयार हुन्छौँ, त्यही प्यासन हो ।

आफूभित्रको Intelligence पत्ता लगाईसकेपछि करियर लिष्ट तयार पार्ने र सबै लिष्ट प्यासनसँग तुलना गर्ने । त्यसपछि जुन क्षेत्र प्यासनसँग सबैभन्दा बढि मिल्दछ, त्यही करियर फिक्स गर्ने ।

क्षमता र प्यासन पहिचान गरिसकेपछि Goal Setting गर्नुपर्छ । (क्षमता + प्यासन + Goal Setting = Dream) गरेपछि मात्र पूर्ण रुपमा महान सपनाको डिजाईन हुन्छ र सफलताको आधारशिला निर्माण हुन्छ ।

विश्वका सफल र महान व्यक्तिको उदाहरणबाट अझैँ प्रष्ट हौऔँ,

२०१९ का संसारका धनी व्यक्ति जेफ बेजोस सानै उमेरदेखि कम्प्यूटरमा रुची राख्थे । त्यो समयमा बेजोस ४ कक्षामा पढ्ने बेलादेखि कम्प्यूटर चलाउन थालेका थिए । कम्प्यूटरमै उनको क्षमता र प्यासन थियो ।

अर्का महान जिनियस एलन मक्स १३ वर्षमै Computer Game बनाएर ५०० डलरमा बेचेका थिए । मार्क जुकरवर्ग, लेरी पेज, बिल गेट्स सबै बच्चैदेखि कम्प्यूटर प्रोग्रामिङमा प्यासिनेट थिए ।

नेपालको कुरा गरौँ, सन्दिप लामिछानेको क्षमता र प्यासन क्रिकेटमै थियो र त सफल भए, राजेश हमालको फिल्म क्षेत्रमा, नारायण गोपालको गायकमा, लक्ष्मीप्रसाद देवकोटाको साहित्यमा, मदन भण्डारी र विपि कोईरालाको राजनितिमा क्षमता र प्यासन थियो र त सफल भए । जो जति सफल भए क्षमता र प्यासनभित्रै भए ।

ल एकपटक यहाँनेर तलमाथि गरेर हेरौँ न । यदि लक्ष्मीप्रसाद देवकोटा फिल्ममा, राजेश हमाल गायनमा, प्रमोद खरेल क्रिकेटमा, नारायण गोपाल राजनितिमा लागेको भए, के हुन्थ्यो होला ? जुन सफलता प्राप्त भएको छ, त्यो सफलता प्राप्त हुन्थ्यो त ? पक्कैपनि हुने थिएन ।

” बरु मर्नु तर प्यासनभन्दा बाहिर गएर काम नगर्नु । हामीले पछ्याउने भनेको प्यासनलाई मात्र हो, पैँसा, खुशी र सफलताले स्वतः हामीलाई पछ्याउँछन् ” ©rambsham

यो भन्दा धेरै ब्याख्या र उदाहरण पनि किन दिऔँ र ! बुझ्‍नेले यत्ति भनेपछि बुझिहाल्नुहुन्छ । के तपाईको क्षमता र प्यासन पहिचान भएको छ ? के तपाईको छोरा र छोरीको क्षमता र प्यासन पत्ता पहिचान गर्नुभयो त ? के तपाईको परिवारको सबै सदस्यको पहिचान भयो त ? छ भने बधाई छ, छैन भने अब गर्नुहोस् । आफै पहिचान गर्न सक्नुहुन्न भने म सहयोग गरिहाल्छु नी । आउनुहोस् आफूभित्रको वास्तविक क्षमता र प्यासन पहिचान गरी त्यही प्रकारको Goal Setting गरी महान सपना निमार्ण गरौँ र सफलताको आधारशिला तयार पारौँ ।

वास्तविक क्षमता, प्यासन पहिचान र Goal Setting गरी महान सपना निमार्ण गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो संसार गर्नेहरुको हो, जसले गर्छ उही मात्र सफल ठहर्छ

जय मानवता, जय मान्छे