शिक्षामा सुनौलो भविष्य निर्माण गरौ

विचार समाचार

सुनौलो युगकाे अारम्भ गरौ
जे पि तिमिलसेना
प्रधानाध्यापक
चामुण्डा नमुना माध्यमिक विद्यालय
चा वि न पा 3 दैलेख
युनेस्को काे भनाइ अनुसार विश्वभर अहिले 290 मिलियन भन्दा वढि विद्यार्थीलाई काेराेना भाईरसले असर गरिरहेकाे छ ।सम्पूर्ण शिक्षण संस्थाहरु प्राय बन्द छन । सुनौलो भविष्य निर्माण कर्ता नवजात वालवालिकाहरु शिक्षण शिकाईकाे अबसरबाट बन्चित छन । वास्तवमा शिक्षा भनेको संकट निवारण चुर्ण हाे ।समस्याहरु ,संकटहरु राेग तथा महामारी ,विपत्ति ,अशिक्षा ,भाेकमरि ,गरिबी ,दुख ,पिर ,व्याथा ,वेदना अादि सबै बाट मुक्ति दिलाउने एक मात्रै रामबाण” शिक्षा” हाे । शिक्षण संस्था बन्द हुन सक्छन् , यातायात ,उद्योग ,कलकारखाना ,व्यापार ,बन्द हुन सक्छन् तर शिक्षण शिकाई प्रक्रिया राेकिनु हुदैन । जवसम्म अन्धकारलाई चिर्न दियो बालिदैन तब सम्म याे धर्तीका लाखौं बाटाहरु बन्दनै देखिन्छन् ।तसर्थ महाँमारीकाे संकटमा अन्धकारमा लुकिरहने कि प्रकाश पुन्जकाे खाेजिमा लाग्ने अहिले काे प्रमुख चुनौती हो । तसर्थ शिक्षण संस्था बन्द भए नि शिकाई तथा शिक्षणलाई कसरी निरन्तरता दिने सम्बन्धि छलफल गर्न खाेजिएकाे छ ।
अहिलेकाे शिकाई सुन्यतालाई चिर्ने जमर्को गर्न ढिलो भैरहेको छ । समस्याका चाङहरुले थिचिरहेकाे ,चुनौतीले पेलिरहेकाे वेला समस्या र चुनौतीबाट भाग्नु वा लुक्नु कायरता हाे । अहिलेकाे परिस्थितिलाई कसरी अाफ्नाे अनुकूलतामा उपयोग गर्ने र सम्वृधिकाे बाटोमा हिड्ने भनेर धेरै देशका बौद्धिक व्यक्तित्वहरुले दिनरात नभनेर समाधानका उपाएहरु खाेजिरहेका छन ।जस्ले समस्या र चुनौतीलाई अबसरकाे रुपमा लिन्छ त्यो व्यक्ति महान हुन्छ र त्यो देश सम्वृधि र शक्तिशाली हुन्छ ।तसर्थ अहिलेकाे बन्दाबन्दिकाे चुनौतीलाई अबसरकाे रुपमा प्रयोग गर्दै शिक्षण सिकाईलाई निरन्तरता र अग्रगामि बनाउन कस्ले के के गर्ने सम्बन्धि बहसको थालनि गर्न खाेजियकाे छ ।
शिक्षकले के गर्ने ?
शिक्षक सम्पूर्ण समस्या र चुनौती का तगाराहरु तथा जन्जिरहरुबाट सबैलाई मुक्त गराउन सक्ने मुक्तिदाता हुन ।अशिक्षा काे अन्धकारलाई शिक्षाको दिव्य ज्ञानले मानवलाई नयाँ मानव बनाउने वर्ग नै शिक्षक हाे ।उतर नभएको प्रश्न हुदैन र समाधान नभएको समस्या हुदैन भनेझैं कुनै पनि समस्या ,चुनौती ,जाेखिम , दुख ,पिडाबाट मुक्ति काे बाटो देखाउने व्यक्ति नै शिक्षक भएकोले अहिलेकाे चुनौतीलाई पनि अबसरकाे रुपमा उपयोग किन नगर्ने ? लगडाउनले स्कुल ,कलेज ,उद्योग ,व्यापार ,यातायात सबै बन्द भए पनि शिकाईलाई निरन्तरता नदियमा समाधानका जुक्ति निस्कदैनन्। समस्या र चुनौतीलाई अवसरको रुपमा लिन समग्र शिक्षक वर्गहरु तयार हुनुपर्छ । अहिले विभिन्न जुम यप , टि भि , रेडियो , माेवाईलकाे माध्यमले शिकाई प्रक्रिया केही ठाउँ सन्चालन भैरहेका छन भने कतै बहस र छलफल चलिरहेको छ । यो अबस्थामा जाे जहाँ जस्तो रुपमा छ तेहि अनुकूल सक्रिय हुनु पर्छ। नेट ईन्टरनेट भएको ठाउँमा भर्चुअल कक्षाको माध्यम हुन सक्छ भने दुर्गम ठाउँमा , रेडियो ,टिभि र फाेन प्रयोग हुनसक्छ । हिजाे फाेन बाेक्ने विद्यार्थीलाई कार्वाही गर्याै अब फाेन किन्न प्रेरित गर्नुपर्ने भएको छ ।शिक्षकले अभिभावकहरुकाे फाेन लिएर विद्यार्थीसग स्वास्थ शिक्षा , पढाइ लेखाइ ,सरसफाइ , नैतिकता अादि शिक्षाको वारेमा छलफल गर्न सकिन्छ ।फाेनबाट ,म्यासेजबाट पनि विद्यार्थीलाई काममा लगाउन सकिन्छ ।हरेक बस्ती तथा टाेलहरुमा शिक्षक अवस्य छन , पढेलेखेका व्यक्ति छन , कलेज र विश्वविदालयका विद्यार्थी छन ती सबैलाई साना साना केटाकेटीलाई नैतिक शिक्षा ,याेग शिक्षा ,कृषि शिक्षा ,भाषा र सिस्टाचार शिक्षा सामाजिक दुरि कायम गरेर सन्चालन गर्न सकिन्छ ।हामी शिक्षक तलवि वा नाफामुखि कहिल्यै भयनौ र हुदैनाै पनि ।त्यसैले जाे जहाँ छाै जसरि सक्छौ शिकाईलाई निरन्तरता दिनुपर्छ ।
प्रत्येक शिक्षकले घरमै बसेर भए पनि अाफ्नाे विषयमा अावस्यक पर्ने नयाँ तरिका ,नयाँ विधि ,शैक्षिक सामाग्रीकाे बिकास गर्ने ,अाधुनिकरणका लागि अध्यायन ,अनुसन्धान र अन्वेशण गर्न सक्छौ ।अाफ्नाे विषय शैक्षिक उपलब्धिलाई कसरी बढाउने , विषय बस्तुलाई कसरी व्यावहारिक बनाउने ,अाफ्नाे शिक्षण सीप ,तरिकामा कसरी सुधार गर्ने ? विषय बस्तुमा गहिरो अध्यायन गर्ने , विभिन्न विद्वानहरुले हाल सम्म गरेका नविनतम खाेज के छन ? केही सुधार गर्नुपर्ने पाे छ कि ? अहिले काे लगडाउन धेरै लामो भएमा शिक्षण शिकाई का वैकल्पिक उपायको लागि अाफुलाई याेग्य कसरी बनाउने ? कस्तो शिक्षण सिकाई प्रक्रिया सम्भावना हाेला ? भर्चुअल शिक्षा दिने वा अाई सि टि काे उपयोग गर्न अाफमा जुम, टि भि रेडियो बाट पढाउन सक्ने सीप छ कि छैन ? कसरी तयारी गर्ने ? अादि का उत्तर खाेजेर प्रत्येकले अाफुलाई याेग्य ,सक्षम , विवेकि , शुचनामैत्रि , प्रविधि मैत्री शिक्षक बनाउन सक्नु पर्छ । स्वावलम्वि , अात्मविस्वासि ,विवेकशील , अध्यायनशिल तथा अात्मगौरब नभएको व्यक्ति शिक्षक हुनै सक्दैन । याे चुनौलाई सुनौलो अवसरकाे रुपमा रुपान्तरण गरौ । हरेक शिक्षकले अा अाफ्नाे विषयमा घरमै बसेर जुम यप काे लागि स्लाईड तयार गरौ , टि भि काे लागि भिडियो तयार गरौ , रेडियो काे लागि रेकर्डिङ गरौ , माेवाईलकाे लागि परियोजना कार्यहरुका म्यासेज तयारी गरौ । जति खेर जे अावस्यक पर्छ तयारी हुन सकौ । अा अाफ्नाे विषयकाे पाठ्यक्रमलाई गहिरिएर अध्यायन गरौ , वार्षिक कार्ययोजना बनाउ , विगतमा पूरा शैक्षिकसत्र मा पढाउने विषय अब 2/4 महिना लगडाउन भए कसरी पूरा गर्ने उपायहरुकाे खाेजि गरौ ।कुनै एकाई गाभ्ने कि ? घटाउने कि ? हटाउने कि ? अरु नयाँ केही विधि छन कि ? सबै विकल्प काे विकास गरौ । विद्यालय र अभिभावक विचकाे सम्बन्ध कसरी राम्रो बनाउने ? शिक्षालाई श्रम र सीप सग कसरी जाेड्न सकिन्छ उपायहरु खाेजौ ।पढाइ लेखाईलाई शिक्षण संस्था काे पर्खाल बाट बाहिर कसरि निकाल्ने ,? शिक्षालाई दैनिक जीवन सग कसरी मिलाउने ? उत्पादन र शिक्षालाई कसरी सगै लैजाने ? अादिकाे अध्यायन र अनुसन्धान गरि काेराेना पछि काे शिक्षा मा नविनतम रुपान्तरण खाेजौ । शिक्षा का उदेश्य पूरा गर्न पाठ्यपुस्तक काे मात्रै अाधार लिने विगत बाट बाहिर निस्कियर जिवन निर्वाह गर्ने ,अात्मनिर्भर र स्वावलम्बि भएर शिकाई काे वातावरण बनाउनुपर्छ ।हाम्रो जिवनमा अवसर त्यो अबरोध का मुनि लुकेको छ , हामीले त्यो अवरोधलाई पल्टाउदै किनार सम्म पुर्याउनु छ र अबसरलाई अाफ्नाे मुट्ठीमा लिनु छ ।
वि व्य स ले के गर्ने
महाँमारिकाे यो अवस्थामा विद्यार्थीहरु घरमै छन । डर त्रासमा छन , अन्यौलले तड्पिरहेका छन । पढाइ लेखाइ भन्दा अन्य गतिविधिमा लागेका छन । कुलत , विकृति , वदमासि जस्ता नकारात्मक बाटोमा हिड्ने सम्भावना छ । अभिभावक सबै निरासा मा छन ।अाफ्नाे तथा अाफ्ना सन्तति काे स्वास्थ्य तथा भविष्य अन्यौल भएकोले दुखि छन । शिक्षक कर्मचारी अा अाफ्नाे घरमै छन । शिक्षण संस्थाहरु उजाड छन । यो अवस्थामा जे जसरी हुन्छ शिक्षक ,विद्यार्थी र अभिभावक संग सम्पर्क जाेडाईदिने काममा लाग्नु पर्छ । फाेन नम्बर खाजेर शिक्षक विद्यार्थी विच सम्वादकाे वातावरण बनाउनु पर्छ । पहिलो चरणमा एक वा दुई जना शिक्षकलाई एउटा कक्षा का विद्यार्थीलाई सम्भव हुने सन्चारकाे माध्यम प्रयोग गरेर काउन्सिलिङ गर्ने , पढाइ लेखाइ , स्वास्थ्य , सरसफाइ , अनुसासन अादिकाे वारेमा हप्ताको एक पटक सम्पर्क गर्ने व्यवस्था मिलाउने काम विद्यालय प्रसासन , वि ब्या स र शि अ सघ ले गर्नु पर्छ । यदि याे अवस्था लम्वियमा शिक्षण संस्था काे भौतिक सम्पत्तिको संरक्षण र उपयोग कसरी गर्ने योजना बनाउनुपर्छ । भर्चुअल शिक्षा वा अाई सि टि काे कुन माध्यमले अाफ्नाे विद्यालय काे शिकाई अगाडि बढाउन सम्भव छ ? के समस्या र चुनौती छन ? कसरी उक्त चुनौती काे समाधान गर्ने भन्नेबारे लाग्नु पर्छ। विभिन्न टाेल टाेलमा शिकाई समूह बनाउने र जान्ने ले कमजान्नेलाई शिकाउने परिपाटी बसाल्ने कि ? अथवा कुनै नयाँ विधि, तरिका छन कि खाेजेर परिस्थितिलाई सहज बनाउन लाग्नु पर्ने देखिन्छ ।
अभिभावक ले के गर्ने
हरेक व्यक्तिको पहिलो पाठशाला घर हाे र पहिलो गुरु अामा बाबू हुन । सबैलाई अाफ्ना सन्तान राम्रो हुन , असल हुन , ज्ञानिहुन ,खुसि सुखि र सफल हुन भन्ने चाहन्छन् तर कसरी बनाउने भन्ने चासो कम हुन्छ । सबै विद्यालयमा शिक्षकले पूरा गरिदिउन भन्ने चाहन्छन् । जाे सम्भव हुदैन । अाफु कुलतमा , विकृति मा ,नराम्रो गतिविधिमा लागिरहने तर सन्तान असल हुन भन्ने साेच्नु मुर्खता हाे । तसर्थ हरेक अभिभावक अाफुले पनि कुनै नकारात्मक काम नगर्ने र केटाकेटीलाई पनि नकारात्मक बाटोमा हिड्न नदिने गर्नुपर्छ ।अनुसान सिकाउने , नैतिकता सिकाउने , कृषि काममा सगै लगाउने , देशको भुगाेल ,ईतिहास सिकाउने , वर्तमान अवस्था सिकाउने , भान्सामा, सरसफाइमा ,लगाउने मानिसलाई नभैनहुने जिउने कलाहरु सिकाउने काम अभिभावक काे हाे । शिक्षकहरु सग सम्पर्क गराएर अाफ्ना केटाकेटीलाई विभिन्न परियोजनाका काम दिन लगाउने , अन्य शिकाईकाे वातावरण लाई सहजिकरण गर्ने अहिले काे प्रतिकुल परिस्थितिलाई अनुकूलतामा बदल्न निरन्तर लागिरहने ।
स्थानीय सरकारले के गर्ने
नेपालकाे सम्विधानले माध्यमिक तह सम्म शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ ।अाफ्नाे क्षेत्र भित्र काे शिक्षा ,स्वास्थ ,कृषि ,पशु , वन जंगल ,खानेपानी ,यातायात बाटो घाटाे लगायत सम्पूर्ण पक्षको जिम्मेवारी स्थानीय सरकारलाई छ । अाफ्नाे अधिकार के कसरी गर्ने ? कुन क्षेत्रलाई कुन प्राथमिकता मा राख्ने भन्ने कुरा सरकार सन्चालककाे विवेक र क्षेमतामा निर्भर रहन्छ । शिक्षा सुधारे सकलाे सुधार भनेझैं शिक्षालाई पहिलो प्रथमिकतामा राखेका निकायहरुले प्रगति काे वाटाे भेटाउदैछन भने अधिकांस निकायहरु अन्यौलमा हराईरहेका छन ।विद्यालय बन्द भएको यो अबस्थाबाट बाहिर कसरी निस्कने भन्ने सन्दर्भमा सबैभन्दा बढि चिन्तित स्थानीय निकाय हुनुपर्छ । प्रत्यक्ष पढाइ लेखाईकाे वातावरण नभएको अवस्थामा कसरी शिक्षण सिकाईलाई अगाडि बढाउने निस्चित योजना हुनुपर्छ । अाफ्नाे क्षेत्रमा ,अनलाइन कक्षा सम्भावना छ कि ? भर्चुअल छ कि ? टि भि वा रेडियो बाट सम्भावना छ कि ? टेलिफोन बाट सम्भावना छ कि ? टाेल टाेलमा शिक्षक खटाएर सम्भव छ कि ? अभिभावक वाट वा हाेमस्कुलिङ सन्चालन गर्ने कि ? कृषि शिक्षा ,सरसफाइ शिक्षा ,नैतिकता शिक्षा , अादि सन्चालन गर्न सकिन्छ कि ? अादि सवालको समाधानका ठाेस उपाए स्थानीय सरकार सग हुनैपर्छ । भर्चुअल कक्षाकाे लागि कम्प्युटर कति छन ? कहाँ कहाँ छन ? कति थप्नु पर्छ ? नेटवर्क छ कि छैन ? रेडियो ,टि भि काे अवस्था के छ ? फाेनकाे अवस्था के छ ? शिकाईका चुनौती के छन ? चुनौती सग जुझ्न के कस्तो वैकल्पिक योजना अावस्यक पर्छन् ? शिक्षक कर्मचारी काे अबस्था के छ ? तालिम अावस्यक छ कि ? अनलाइन वा अफलाईन तालिम काे लागि प्रशिक्षक छन वा खाेज्नु पर्ने छ ? कतिलाई कुन स्तरको तालिम दिने ? श्राेत साधन अाफु सग छ वा खाेज्नु पर्ने हाे ? प्रदेश सरकार सग के के र सघ सरकार सग के के माग गर्ने अादि कुराकाे योजना स्थानीय सरकारले बनाउनु पर्छ । कैयौं स्थानीय निकायले विद्यार्थीलाई रेडियो वितरण गरेर रेडियो शिक्षा सुरु गरेकाछन । केहीले टेलिभिजनबाट शिकाई थालेका छन । कुनैले प्रत्येक विद्यार्थीलाई कक्षा गत परियोजना कार्य दिएर घरमै बसेर गर्ने काम दएकाछन । कुनैले जुम यप काे प्रयोग गरेकाछन भने अथिकाँस निकाय” झर्ला र खाउला ” झै गरेर चुपचाप निन्द्रामा छन । अब जाे जहाँ जस्तो रुपमा छ सम्भव हुने तरिकाबाट शिकाईलाई निरन्तरता दिउ । गर्दै र सिक्दै अगाडि बढौ एक दिन अबस्य बाटो भेटाउने छौ ।
काेराेना पछि के गर्ने

” हट्ने हैन डटि लढ्ने नेपालीको वानि हुन्छ ” भन्ने सन्देशलाई अात्मसात गर्दै सबै व्यक्ति , संस्था ,सरकारले सामुहिक रुपले योजना बनायर शिकाईलाई अगाडि बढायमा चुनौतीलाई सजिलोसँग अवसरमा वदल्न सक्छौ ।चुनौती ,समस्या ,र जुनसुकै जाेखिममा पनि समाधान निकाल्न सक्ने ,फाईदा भन्दा शेवा दिने भावना काे विकास गरेर अगाडि बढ्नु छ । यदि लगडाउन खुलिहाले पनि एकैपटक सबै शिक्षण संस्थाहरु सन्चालन हुने सम्भावना देखिदैन । काेराेना पछि कसरी सहज बाताबरण सृजना गर्ने सम्बन्धमा पनि साेच्नु पर्ने देखिन्छ । सामाजिक दुरिलाई हामीले सधैं लागू गरिरहनुपर्ने छ । हिजो विद्यलय भित्र काे बसाइँ अब हुने छैन । प्रत्येक दिन विहानकाे सामुहिक पिटि र प्राथनाकाे काम छिट्टै हुने छैन । सबै कक्षाहरु एकैपटक , एउटै समयमा सन्चालन नहुन सक्छन् । प्रत्येक कक्षा प्रत्येक दिन नचल्न सक्छन् । कुनै कक्षा कुनै दिन र कुनै कक्षा कुनै दिन गरेर पालाे पालाे विद्यालय अाउने र वाकि दिन घरमै परियोजना कार्य गर्ने वा अायमुलक काम गर्ने पनि वनाउन सकिन्छ ।पढ्दै कमाउदै गर्ने तथा शिक्षालाई उद्योग ,कलकारखाना ,फार्म सग जाेडर लाने पनि बनाउन सकिन्छ । हिजो काे जस्तो चक डस्टर तथा कालो पाटि मात्रै प्रयाेग गरि पर्खाल भित्र मात्रै काे शिक्षण कार्य नहुन सक्छ । अनौठो परिस्थिति सृजना हुन सक्छ । हामी हरेक समस्या र चुनौतीलाई सुनौलो अवसरकाे रुपमा वदलेर शिक्षा मा अामुल परिवर्तन गर्न सक्छौ । शिक्षालाई उत्पादन ,श्रम सग जाेढ्ने योजना बनाउ । जीवन का दुख सुखमा खुसियाली दिने शिक्षा पद्धतिको विकास गरौ ।
सुनौलो भाेलि कस्तो बनाउने
हामीले इतिहास पढ्दा विश्व युद्ध पहिले र पछि काे के फरक छ भनेर पढ्छौ । युद्धले शक्तिशालीलाई कमजोर र कमजोर देशलाई शक्तिशाली पनि वनाएकाे थियो । नयाँ शक्ति काे उदय पनि भएको थियो । त्यस्तै काेराना पहिले र पछि काे अबस्थाहुने छ । कैयौं शक्तिशाली देश पछि पर्ने तथा कमजोर देश शक्तिशाली हुने सम्भावना रहन्छ । जस्ले दुख ,पिडि समस्या र चुनौतीलाई अबसरकाे रुपमा वदल्ने साहस गर्छ ,जाेखिम उठाउने हिक्मत गर्छ त्यो अवस्य नै अगाडि लम्किने छ । हाम्रो देशमा पनि हामीले यो चुनौतीलाई शैक्षिक सुधारकाे सुनौलो अवसर काे रुपमा उपयोग गरेमा अहिले काे र काेरनेना पछि काे शिक्षामा अामुल परिवर्तन देखिने छ । जस्लाई निम्नानुसार देखाउन सकिन्छ ।
चक, डस्टर र कालो पाटिमा हुने शिकाई स्मार्ट वाेर्डमा देखिने छ ।
पाठ्यपुस्तकलाई प्रमुख अाधार बनाएर हुने पढाइमा पाठ्यक्रमलाई प्रमुख अाधार वनाईने छ ।
विषय बस्तु ( content ) लाई प्रमुख अाधार बनाएर पढाउने परिपाटीमा पछि धारणा ( concept ) लाई अाधार मानिने छ ।
कक्षा काेठा भित्र मात्रै सिमित शिक्षण शिकाई नभएर विद्यार्थी काे जीवन र जगत सग शिकाई जाेडेर शिक्षण गरिने छ ।
एउटै तरिका ,एउटै विधि, सामान परिवेसलाई मात्रै अाधार बनाएर गरिने शिक्षण क्रियाकलापमा समय ,परिस्थिति ,सामर्थ्यता , रुचि ,अावस्यक्ता का अाधारमा फरक फरक रुपले शिक्षण गर्ने परिपाटी हुनेछ ।
शिक्षा विद्यालयमा विद्यार्थीलाई मात्रै नदिएर अभिभावक हरुलाई पनि शिकाई गर्ने परिपाटीको थालनी हुनेछ ।
शिक्षण शिकाईमा नयाँ नयाँ प्रविधि काे प्रयोग हुनेछ । धेरै प्रविधिको शिक्षण सिकाईमा प्रयोग अाउने छ ।
हिजाे माेवाईल र ल्यापटप बाेक्न विद्यार्थीलाई निरुत्साहित गरिन्थ्यो भने पछि अनिवार्य हुने छ ।
अधिकांस शिक्षकहरु नेटवर्किङ ,ICT तथा भर्चुअल कक्षा सन्चालनकाे लागि अनभिज्ञ थिय तर पछि प्रत्येक सग ल्यापटप हुनेछ ,प्रविधि मैत्री र अाई सि टि मा 100% शिक्षक सक्षम हुनेछन् ।
विद्यालयले विद्यार्थीलाई गृह कार्य दिने गरिन्थ्यो भने पछि परियोजना कार्य , अनुसन्धानात्मक कार्य दिईनेछ ।
पहिले पढ्न लगानी गर्नु पर्ने थियो भने भविष्यमा पढ्दापढ्दै प्रतिफल हातमा देखिने छ ।
विगतमा पढ्ने निहुँमा अस्ट्रेलिया ,अमेरिका गएर घरमा पैसा पठाउने गरिन्थ्यो भने भविष्यमा नेपाल मै पढ्दै कमाएर घरमा पैसा पठाउने हुनेछ र अहिले विकसित भनेर चिनिएका मुलुकबाट पढ्दै कमाई गर्न नेपाल अाउने छन ।
पहिले नेपालमा पढेर बेरोजगार भई विदेश मा राेजगारिकाे लागि जाने भिड हुन्थ्यो भने भविष्यमा बाहिरि देशबाट राेजगारिकाे लागि नेपालमा अाउने काे भिडहुनेछ ।
अहिले शिक्षण पेशा सबैभन्दा अाकर्षणकाे केन्द्र छैन तर पछि सबैभन्दा सम्मानित , अाकर्षक पेशा शिक्षक हुने छ स सर्वगुणले पुर्ण भएको सबैभन्दा याेग्य , सक्षम व्यक्ति नै शिक्षक हुने छ ।