शिक्षाको बैकल्पिक प्रयोग

विचार समाचार

” शिक्षाको बैकल्पिक प्रयाेग त्रिभुजिय शिक्षा “

वर्तमान शैक्षिक पद्धतिका कारण देशमा अनगिन्ती समस्याहरु सृजना भैरहेका छन ।हाम्रो शिक्षाले न स्वयं व्यक्तिलाई खुसि र सफलता दिन सकेको छ , न अाफ्नाे परिवार तथा समाजको भलाइ दिएको छ न त देशलाई अावस्यक दक्ष रास्ट्रवादि जनशक्ति नै उत्पादन गर्न सकेको छ । खालि वेराेजगार , वैदेशिक अदक्ष कामदार , उत्पादन का कारखाना मात्रै बने हाम्रा शिक्षण संथाहरु । जतासुकै अन्याय , भ्रष्टाचार , लुटमार ,चाेरिडकैति , जस्ता अमानवीय क्रियाकलाप मात्रै देखिन्छन् ।

याे सबै काे कारण हाम्रो शिक्षा पद्धतिमा केही खाेट छ कि ? अध्यायन र अनुसन्धान गर्नु पर्ने भएको छ । हामी एकले अर्कोलाई दाेष दिएर अाफु चाेखाे देखिन खाेज्दै छौ । नेता खराव भए , कर्मचारी खराव भए , शिक्षक खराव भए , जनता खराव भए , बुद्धिजीवी खराव भए ,भन्दै दाेस अरुलाई लगाएर मात्रै समस्या समाधान हुन सक्दैन ।

सम्पूर्ण पक्षहरुमा देखिएका समस्याको प्रमुख कारण मात्रै एउटा हाे शिक्षा राम्रो नहुनु र सबै समस्या काे समाधान काे एक मात्रै उपाय हाे शिक्षा राम्रो हुनु । कुनै पनि व्यक्ति जन्मजात भ्रष्ट हुदैन , चाेर डाँका हुदैन , बलात्कारि हुदैन , अन्याय र अत्याचार गर्ने हुदैन , शाेषक सामन्त हुदैन , कुनै पनि विकृति विसंगति काे रछ्यानमा डुवेकाे हुदैन ।

यी सबै अवस्था सृजना गर्ने अहिलेकाे शैक्षिक अवस्थाले मात्रै हाे । वालककाे पहिलो पाठसाला घर हाे उस्ले घरमा के सिक्याे , समाज का दौतरिहरुबाट के सिक्याे , विद्यालयबाट के सिक्याे , समाजबाट के सिक्याे त्याे नै अहिलेकाे अवस्था हाे ।

“विद्या ददाति विनयम”अथवा विदाले नै विनयसिलता दिन्छ भनिन्छ तर व्यावहारमा मानवीय पन खस्किरहेकाे छ । वर्तमान शिक्षाको अाधारलाई हेर्दा अनगिन्ती उपडखापडहरु रहेका छन । अहिले देखियका तपसिलका अव्यवस्थालाई अामुल परिवर्तन गर्नकाे लागि नयाँ चिन्तनकाे खाँचो छ ।
1) करिब तिनहजार वर्ष पहिलेदेखिका थाेत्रा धमिराे लागेका ,कुप्रधाहरु , कुरितिहरु , अमानवीय अवसेसहरु र धार्मिक ,साँस्कृतिक ,चालचलन ,रितिरिवा , ,प्रचलन ,पद्धति ,अनुवभ ,अनुभुती काे अाधारमा सामाजिक संरचना चलेको छ जुन वर्तमान विज्ञान र प्रविधिको युग सग सुहाउँदो र समय सापेक्ष छैन । विभिन्न रुडिवादि ,प्रधा , विभेदकारी प्रधाले समाज कुरुप भएको छ ।हाम्रो सम्पूर्ण सामाजिक साँस्कृतिक अनुभवहरुलाई विज्ञानको कसिमा घाेटेर नविकरण गर्नु पर्ने छ ।
2) अहिले समान याेग्यता क्षेमता , अनुभव भएका व्यक्तिहरु विच पनि एउटालाई पछि पार्न र अाफु अगाडि जानु अनिवार्य छ ,जसले सिकायत गर्ने ,दाेसाराेपण गर्ने र निषेय गर्ने काम भैरहेको छ । अमर्यादित प्रतिस्पर्धाले थुप्रै विकृति सृजना भएका छन । जसले मानवीयता कमजोर भैरहेको छ । यसको विकल्पमा पनि नयाँ चिन्तनको अावस्यक छ ।
3)- पढे पछि जागिर खानै पर्ने ,ठुलो पदमा पुग्नै पर्ने ,धेरै पैसा कमाउनै पर्ने भावनाले नै समाजका वर्तमान विसंगति सृजना भएका हुन ।पढेको व्यक्ति स्वावलम्वि , अात्मनिर्भर , सृजनसिल हुनुपर्ने मा अहिले परनिर्भर धेरै देखिन्छन् । यी सबै समस्या समाधान काे लागि नयाँ चिन्तन अावस्यक छ ।
4) पढेका अधिकास व्यक्तिहरुले पढे अनुसारको काम पाएका छैनन् । प्रत्येक व्यक्तिले अाफ्नाे ईच्छा ,रुचि र चाहना अनुसारको अध्यायनकाे अवसर नहुदा र व्यावसायिक शिक्षा नहुदा यस्तो अवस्था भएको हाे ।
5) सबैभन्दा धेरै अनैतिक ,भ्रष्ट ,दुर्वयसनि ,कुलतमा लाग्नेहरु मा पढेलेखेका बढी छन । सबैभन्दा धेरै पढेका व्यक्ति सबै भन्दा सबै क्षेत्रमा राम्रो हुनुपर्ने हाे तर ठिक उल्टो भैरहेको छ । कतै शिक्षा भित्र खाेट छ कि ? खाेज्नु परेको छ ।
6) धेरै व्यक्तिहरुमा अाफुले पढेको विषमा कुनै दक्षता नै छैन , कुनै रुचि पनि छैन । पढ्ने एक विषय तर जिविकाे पार्जन अर्कै बिषय मा भैरहेको छ । अाफ्नाे लागि नपढेर वाध्यताले अरुको लागि पढेको जस्तो छ । न पढेर खुसि छ , न सफलता छ न अानन्द छ । किन यस्तो ? धेरै पढे धेरै खुसि हुनुपर्नेमा किन धेरै असज्ताषि ? जवाफ खाेज्नु छ ।।

यी तमाम कारणले गर्दा याे शिक्षा पद्धतिले समाज परिवर्तन हुदैन , व्यक्ति खुसि र सुखि हुन सक्दैन ।तसर्थ वर्तमान शिक्षालाई अामुलपरिवर्तन गर्नु पर्ने मा अधिकासं व्यक्तिहरु सहमत छन तर यसको सट्टामा कस्तो शिक्षा दिने भन्ने मा ठाेस अवधारणा दिने नविनतम चिन्तनहरु धेरै छैनन् । विश्व भर शिक्षाका नविनतम चिन्तन र प्रयोग हरु धेरै भए । कैयौं देशले विज्ञान र प्रविधिमा धेरै विकास गरे ।

देशको चौतर्फी विकास गरे तर पनि ती देशमा सान्ति छैन, जनताहरु खुसि छैनन्, विसंगति झनै वढेका छन , काटमार रलुटमाट बढिरहेको छ, मानवीय पन हरायकाे छ । समाजिक भावना छैन , सहयोगी मन छैनन्, प्रत्येक व्यक्तिको अनुहारमा हाँसो छैन  तनाव मात्रै छ । अस्पताल बढिरहेका छन साधन श्राेतले सम्पन्न भैरहेका छन तर विरामि घट्नु पर्ने हाे ,राेग कम हुनुपर्नेमा किन अझै बढिरहेका छन ? किन यस्तो भैरहेको छ त ? अाहार ,निन्द्रा , भए ,मैथुन पसु र मानिसमा समान छ तर मानिस किन पसुभन्दा माथि उठ्न नसकेर चक्रभ्युमा नाचिरहेकाे छ ?

यी सबै वर्तमान शिक्षाको कारणले सृजना भएको अवस्था हाे । यी सबै चुनौतीलाई समाधान गर्दै मानिसलाई महाँमानसफतकसरी बनाउने ? प्रत्येक मानिसलाई दक्ष , सफल र अानन्ददायिक कसरी बनाउने भन्ने सम्बन्धमा नेपाली धर्तीमा नवीन चिन्तनका पर्बर्धक डाक्टर टि एन पथिकले शिक्षामा नयाँ चिन्तन ” त्रिभुजिय शिक्षा ” काे अवधारणा अगाडि सार्नुभएको छ । नेपालको शिक्षाले बैकल्पिक बाटोखाेजिरहेकाे वर्तमान अवस्थामा त्रिभुजिय शिक्षालाई पनि प्रमुख छलफल काे सुचिमा ल्याउने उदेश्यले छाेटाे चर्चा गरियकाे छ ।

त्रिभुजिय शिक्षा
प्रचलित शिक्षाले मानिसको ईच्छा र चाहना पूरा गर्न नसक्ने भएकोले वास्तविक धरातलमा उभिएर क्षेमताकाे सपुर्ण विकास गर्ने दक्ष , सफल र अानन्ददायि नागरिक तयार पार्ने यसको प्रमुख उदेश्य हाे । प्रचलित शिक्षालाई बदलेर तीन भुजा भएको त्रिभुजिय शिक्षा काे रुपमा विकास गर्न खाेजियकाे छ । तिनवटा भुजा मा पहिलो “भुजा हाे “खुट्टा” जस्ले यथार्थ धरातलमा दृढतापुर्वक ,क्षेमतापुर्वक अगाडि बढ्न सकाेस । दाेस्राे भुजा हाे ” हात : जस्ले कुसलतापुर्वक काम गर्दै शान्ति स्थापनामा हातेमालो गर्न सकाेस । तेर्साे भुजा भनेको – मस्तिष्क हाे जसले मानिसका दायाँबायाँ मस्तिष्क काे सन्तुलित विकास गरि विज्ञानको बिकास गर्न सकाेस भन्ने हाे । अाचार्य डा टि एन पथिक का अनुसार त्रिभुजिय शिक्षालाई निम्नानुसार व्यक्त गरिएको छ ।

शिक्षाको जग
क) मानवीय शिक्षा : म मनुष्य कसरी वने ? असल नागरिक कसरी बन्ने ? स्वास्थ र अादर्श नागरिक कसरी बन्ने ? सफल र असल नागरिक कसरी बन्ने अादि विषयबस्तु शिकाउने शिक्षा नै मानवीय शिक्षा हाे ।
ख) दक्षता शिक्षा ; काम गर्ने अन्तरप्रेणा ,अन्तरसिपकाे स्वतस्फूर्त विकास गराउने शिक्षा नै दक्षता शिक्षा हाे । यसले अात्मनिर्भर ,स्ववलम्वि व्यक्ति काे निर्माण गर्छ ।
ग) विज्ञान शिक्षा : अहिले काे भन्दा धेरै प्रयाेगात्मक ,अझै व्यावहारिक ,अझै व्यावसायिक शिक्षा हुनुपर्छ । पढेको व्यक्तिले केही गर्न सकाेस ,आफ्नाे र देशको उन्नति गर्न सकाेस भन्ने नै विज्ञान शिक्षा हाे ।
यसैगरी त्रिभुजिय शिक्षाका जगलाई पनि तिनभागमा बाँढियकाे छ ।
1) आहार
2) प्रहार
3) संहार
यसको अर्थ हाे अाहार नभए शरीर पनि चल्दैन , प्रहार नभए सुन पनि गल्दैन र पुरानो घर नभत्काए सम्म नयाँ बन्दैन भन्ने हाे । अथवा सम्पुर्ण पुरानो शिक्षाको सम्पुर्ण संरचना परिवर्तन गरेर मात्रै नयाँ शिक्षाको जग बसाल्नु हाे।
तीन मस्तिष्क
मानिसका तिनवटा मस्तिष्क हुन्छन् । तीन वटाकाे समुचित विकास गराउने काम नयाँ शिक्षाले गर्न सक्छ । जाे यसप्रकार छन ।
1) देब्रे मस्तिष्क : यसलाई कन्सियस व्रेन वा चेतन मन भनिन्छ । यसले सुचना संग्रह गर्ने र सम्प्रेसण गर्ने काम गर्छ । अहिलेसम्म मानिसको बढिमा 15% मात्रै याे मस्तिष्क सक्रिय भएको अनुसन्धान ले देखाएको छ ।
2) दाहिने मस्तिष्क ; यसलाई सव कन्सियस व्रेन वा अवचेतन मन पनि भनिन्छ । मानिसलाई वृहद प्रतिभाशाली , वृहद सृजनशिलता , वृहदभावनात्मक याे मस्तिष्क ले वनाउछ । शिक्षामा भावना , प्रतिभा , सृजना र विज्ञान जाेडेमा याे मस्तिष्क सक्रिय हुन्छ । जब दाहिने मस्तिष्कमा शिक्षा पुग्छ तब मात्रै व्यक्ति भित्रकाे अन्तरनिहित प्रतिभा प्रस्फुटन हुन्छ ।
3) पछाडिको मस्तिष्क : यसलाई मेडुला वा अव्लाकाँटा भनिन्छ । मानव बाट महाँमानव बनाउने काम यो मस्तिष्कले गर्दैछ ।
यसरी त्रिभुजिय शिक्षाले देव्रे मस्तिष्कलाई सुचनामुखि मानवीय शिक्षा दिने , दाहिने मस्तिष्कलाई दक्षता , विज्ञान , प्रतिभा ,सृजना काे शिक्षा दिने र पछाडिको मस्तिष्कलाई अत्याधिक सफलता मा पुर्याउन मानवीययतालाई उच्च श्रेणीमा राखेर नयाँ मानव वनाउने काम गर्छ । यस्ताे शिक्षाले मात्रै सुख , शान्ति , प्रसन्नता ,सम्पन्नता र अानन्दकाे खजना प्राप्त गर्न सकिन्छ ।जस्ले हिंसा ,क्राेध ,र अमानवीयता हरायकाे मनुष्य निर्माण गरर्दछ ।

त्रिभुजिय शिक्षा एउटा काेरा कल्पना नभएर व्यावहारिक जिवनमा विज्ञानको कसिले घाेटेर लागू गर्ने शिक्षा हाे । यस शिक्षाका चिन्तक अादर्णिय अाचार्य डा पथिक ले अाफ्नै सक्रियतामा काठमाडौ काे सतुंगलमा एउटा ज्ञान निकेतन विद्या मन्दिर काे स्थापना गरेर सफल परिक्षण गरिरहनु भएको छ । जहाँ शिक्षालाई पुर्णतया श्रम सग जाेडियकाे छ । हाम्रो पर्चलनमा भएका कक्षा 1,2,3,4,…… काे सट्टामा विषय गत कक्षाहरु छन । जस्तै विज्ञान कक्षा , गणित कक्षा , नेपालि कक्षा , संगित कक्षा ,, …. अादि ।

घण्टी बजे पछि विद्यार्थी अा अाफ्नाे समयतालिका अनुसार कक्षा काेठामा जान्छन् तर शिक्षक एउटै काेठामा अाफ्ना विषयका शैक्षिक सामाग्री सहिद तयारीमा हुन्छन् । अनिवार्य रुपमा एक घण्टी श्रम गर्नु पर्ने छ र श्रमलाई उच्च सम्मान दिने परिपाटी छ । सामुहिक श्रम गर्ने , सामुहिक भान्सा सामुहिक खाना , ,सामुहिक बसाई विद्यार्थी काे रुचि ,चाहना र क्षेमताकाे शिक्षकले गहिरो अध्यायन गरि उपयुुक्त वातावरण बनाउने काम गर्छन । विद्यार्थीहरु रुचि अनुसार खेलकुद ,संगित , नृत्य ,लगायत का क्रियाकलाप स्वतस्फूर्त रुपमा गरेको पाईन्छ ।

आफ्नै कृषि फार्म छ , गाई फार्म छ आवस्यक खाध्य वस्तु सकेसम्म अाफैले अर्गानिक उत्पादन गर्ने व्यवस्था छ । ठुलो सानो भन्ने विभेद कम छ नियम र पालाे अनुसार शिक्षक र विद्यार्थी दुबैले कर्म गर्नै पर्छ । यहाँ धेरै रमाइलो एउटा सफल शिक्षाको प्रयोग भैरहेको छ । याेग प्रणायम र मेडिटेसन सबैले प्रत्येक दिन विहान गर्नु पर्छ । अधिकास पढाइ कक्षा काेठा भन्दा बाहिर प्रयाेगात्मक रुपले सन्चालन गरियकाे उक्त विद्यालय नेपालमा नयाँ शैक्षिक प्रयोग काे रुपमा रहेको छ ।

करिव 150 जनाकाे परिवार रहेको पथिक फाउन्डेसन काे नामबाट चितवन नजिकै देवघाट मा र काठमाडौ काे सतुंगलमा दुईवटा केन्द्र बाट त्रिभुजिय शिक्षा तथा विभिन्न मानिसलाई महाँमानव बनाउने अभियान सन्चालन भैरहेको छ । व्यक्तिगत चिन्तन र पहलमा भएका शैक्षिक सुधार का पहललाई नेपाल सरकारले पनि सहयोग र प्राेत्साहन गरेर नयाँ चिन्तन र साेचलाई प्रयोगमा ल्याउने सम्बन्धि छलफल र बहस गरौ ।

(नाेट श्राेतः  यो लेख आचार्य पथिक ज्यु का विभिन्न प्रवचन तथा स्थलगत अध्यायन भेटघाट र छलफल बाट तयार पारियकाे हाे ।)