वर्तमान समय, व्यवहारिक शिक्षा (JP Timalsena)

विचार समाचार

हरेक व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने माध्यम नै शिक्षा हो । तर वर्तमान समयकाे शिक्षा अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्ने नभएर वाहिरी जगतमा के छ ती सबैलाई वालमस्तिस्कमा हुल्ने खालको छ ।हरेक व्यक्तिको चाहना , ईच्छा ,रुचि ,प्रतिभा , सम्भावना फरकफरक हुन्छन् ।ईच्छा तथा चाहनामा अाधारित भएर शैक्षिक वातावरण सृजना गरिनुपर्छ ।

व्यक्ति ,समाज तथा रास्ट्रकाे अावस्यक्ता परा गरि भविष्यका चुनौतीलाई समाधान गर्न सक्ने किसिमको शिक्षा हुनुपर्छ ।अंग्रेजीमा” education ” काे अर्थ To draw out  अथवा भित्र केहि छ त्यसलाई बाहिर निकाल्नु हो तर वर्तमान अवस्था काे शिक्षाले व्यक्तिको अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्दै बरु बाहिर जे छ त्यसलाई भित्र हुल्ने ( to push in )    काम गरिरहेकाे छ । व्यक्ति के हुन सक्छ भन्नेमा कुनै  सम्बन्ध छैन ।
शिक्षाको अर्थ ज्ञान अार्जन गर्नु हाे । ज्ञान भनेको त्यो हो जुन हामी भित्रबाट अाउछ ।वाहिरी सुचना भित्र हुल्नु वा कण्ठस्त पार्नु ज्ञान हाेईन ।अहिलेकाे शिक्षाले बाहिरी सुचना नवजात शिशुका मस्तिष्कमा हुल्ने काम गर्छ ।सुचना त कम्प्युटरले संकलन गर्छ ।मस्तिष्कमा सुचना ठेल्ने हाेईन बरु भित्री प्रतिभालाई निकाल्ने ,खाेतल्ने ,तथा फक्राउने ,फस्टाउने काम शिक्षाले गर्नु पर्छ ।यदि हामीले विद्यार्थीलाई अतितका ज्ञान मात्रै दियौं भने उनिहरु भविष्य का चुनौती सग जुझ्न सक्ने छैनन् ।अहिले प्राप्त गरेको शिक्षा त 2/4 वर्षमा नै out of date  हुन्छ ।चिर स्थायी हुन सक्दैन ।

शिक्षाले ज्ञान मात्रै दिने हाेईन प्रत्येक व्यक्तिको हृदय छुन सक्नुपर्छ ।शिक्षाले बौद्धिक खुराक मात्रै दिने हाेईन चारित्रिक गुणहरुकाे पनि विकास गर्नु पर्छ । अहिले  चलेको शिक्षा केवल साव्दिक शिक्षा हो । हरेक व्यक्तिमा ईमानदारीता ,नैतिकता ,सामाजिकता , साहस ,दृढता ,उत्तरदायित्व र करुणा ,मानवता काे विकास गर्न चारित्रिक शिक्षाको अावस्यक पर्छ ।  बौद्धिक शिक्षाले दिमागलाई प्रभाव पार्दछ भने मुल्य वा चरित्रमा अाधारित शिक्षाले हृदयलाई प्रभाव पार्दछ।  शिक्षा विद स्टिभन मुलर काे भनाइ छ ” वास्तविक शिक्षा बुद्धि र हृदय काे तालिम कर्ता हो । तथ्य सम्झनु शिक्षा हाेईन , शिक्षा सम्भाव्य शक्ति हाे ,प्रयोग पछि मात्रै त्यो शक्ति बन्छ ।”

मुल्यहिन शिक्षा
शिक्षाले व्यक्तिलाई खुसि , सफल ,सन्तोष  र सुख दिनुपर्छ । हाम्रो समाजमा भैरहेका विकृति ,विसंगति ,चाेरि डकैती , काटमार , लुटपाट , अन्याय अत्याचार , घुसपैठ , भर्स्टाचार , दुर्ववहार ,दुर्बेसन जस्ता मानवता विरोधी गतिविधिमा अहिले का शिक्षित  भनिने व्यक्तिहरु नै धेरै छन  जति जति उच्च शिक्षा प्राप्त गर्याे ,जति उच्च पद प्राप्त गर्याे , जति जति धेरै धन दौलत जम्मा गर्याे त्यहि व्यक्तिहरुमा धेरै  रिस, क्राेध, डाहा , असन्तुष्टि , बेचैनी ,तनाव  छ । माया, माेह, ममता, स्नेह , खुसि , सन्तुष्टि, आत्मासम्मान, मानवीय पन, सहयोगी भावना, नभएका व्यक्तिलाई जतिसुकै  याेग्यता प्राप्त गरे पनि शिक्षित व्यक्ति हुन सक्दैनन् ।

व्यवहारमा नदेखिने , जिवनमा खुसि दिन नसक्ने शिक्षालाई नै मुल्य हिन शिक्षा भनिन्छ ।दार्सनिक ओसाे भन्नुहुन्छ ” हामीले विश्वविद्यालय बाट  निस्केको 25 वर्षको व्यक्तिको खाेपडिकाे जाँचबुझ गर्यौ भने हामी पाउछौ ,उ कुनै बुद्धिमत्ता लिएर अाउदैन, केवल स्मृति काे संग्रह लिएर बाहिर अाउछ र अक्सर के हुन्छ भने बिस्वबिध्यालयले जसलाई स्वर्ण पदक दिन्छ जिन्दगीले उसलाई माटोको पदक पनि दिदैन ,उनिहरु हराउछन ,कहाँ जान्छन् भन्ने केही पत्तो हुदैन । ” मुल्य हिन शिक्षाको सम्बन्धमा जाेन हाेपकिन विस्वविध्यालयका अध्यक्ष स्टिभन भन्नुहुन्छ ” विश्वविद्यालयबाट युवाहरू धेरै क्षमतावान तर पढेलेखेका असभ्य बनेर निक्लिरहेका हुन्छन् ” ।
अबको शिक्षा
वर्तमानको शिक्षा  स्मृति सग सम्बन्धित छ  ,स्मृति अतीत सग सम्बन्धित हुन्छ भने बुद्धि भविष्य सग सम्बन्धित हुन्छ ।भविष्यसग सराेकार नभएको शिक्षाले 21 शौ सताव्दिका चुनौती सामना गर्न सक्दैन ।व्यावहारिक जिवन सग सराेकार नराख्ने शिक्षाले व्यक्ति ,समाज तथा रास्ट्रलाई परिवर्तन गर्न सक्दैन । तसर्थ अबको शिक्षा मानवीय भावना काे उच्च सम्मान गर्ने र व्यक्तिको हृदय छुने हुनुपर्छ । व्यक्तिको अन्तरनिहित क्षमतालाई  सकारात्मक र सृजनात्मक रुपले प्रस्फुटन गराउने शिक्षा हुनुपर्छ ।

हाम्रो शिक्षण संस्थाहरुले बालमैति वातावरणमा  स्वाभिमान ,अात्मनिर्भर व्यक्ति उत्पादन गर्ने हुनुपर्छ । विन्स्टन चर्चिल भनाइछ ” विश्व विध्यालयकाे पहिलो जिम्मेवारी ज्ञान दिनु  र चरित्र निर्माण गर्नु हाे ।” शिक्षित व्यक्तिका सम्बन्ध मा दार्सनिक सुकरात भन्नुहुन्छ ” जुन व्यक्तिको चरित्रमा यी एक दुई मात्रै हाेईन सबै गुणहरु छन उ सर्व गुण सम्पन्न शिक्षित हो । ” वास्तविक शिक्षालाई सर्टिफिकेट , याेग्यता , पद ,धन सग तुलना गरिनु हुदैन । शिक्षालाई खुसि , सफल, असल प्रसन्नता ,सन्तुष्टि , शेवा काे आधारमा हेरिनु पर्छ ।

समस्या वा असफलता भित्र पनि सफलताका सम्भावना  देख्न सिकाउने शिक्षा हुनुपर्छ । सकारात्मक साेचका अभियान्ता शिव खेडाले तपाईंको जित भन्ने पुस्तकमा लेख्नुहुन्छ ” प्रत्येक परिस्थितिमा विवेक र साहसपुर्वक जाे अाफ्नाे काम गर्छन् ,तिनिहरु नै शिक्षित हुन ।यदि उनिहरुमा बुद्धिमता र मुर्खता ,राम्रो र नराम्रो ,गुण र अवगुणलाई चिन्न सक्ने क्षमता छ भने कलेजकाे डिग्री भए पनि नभए पनि तिनिहरु नै साँचो अर्थमा शिक्षित हुन ।” अबको शिक्षा सबैकाे लागि र सधैंको लागि हुनुपर्छ । विभिन्न विज्ञहरूको अबको शिक्षालाई त्रिभुजकाे रुपमा व्याख्या गरेका छन ।   डाक्टर टि एन पथिक भन्नू हुन्छ   मानिसका तीन मस्तिष्ककाे लागि तीन शिक्षा जसलाई त्रिभुजिय शिक्षा भनिन्छ । त्रिभुजिय शिक्षामा
1) मानवीयता
2) दक्षता
3) विज्ञान
आचार्य श्री पथिकका अनुसार मानिसका तीन मस्तिष्क 1) चेतन( 2) अवचेतन (3) अचेतलाई आहार विहार र प्रहारकाे विधिबाट व्यक्तिलाई वास्तविक शिक्षा दिएर मानवलाई नयाँ मानवकाे बाटो हिडाउने काम शिक्षाले गर्न सक्ने बताउनु हुन्छ ।
यसैगरी केही शिक्षा बिदले 3H   काे रुपमा अबको शिक्षाहुनुपर्ने मा जाेड दिएका छन ,ती हुन
1) Head=  शिक्षा व्यक्ति काे मस्तिष्कमा  पुग्नु पर्छ । धेरै भन्दा धेरै ज्ञान ( knowledge )  दिने काम शिक्षाले गर्ने भएकोले यसलाई Head भनिएको हाे ।
2) Heand ( Skill)  शिक्षाले व्यक्तिलाई सीप ,सृजना दिनुपर्द्छ ।
3) Heart  (Attitude )  शिक्षाले व्यक्तिको हृदय छुनुपर्छ । माया ,प्रेरम ,करुणा , ईमानदारीता , मानवता शिक्षाको मर्म हुनुपर्छ । शिक्षाले हरेक व्यक्तिको head .hand र heart लाई  सगसगै परिचालन गर्न सक्नुपर्छ  । कुनै एक पक्ष निस्कृय भयो भने व्यक्ति बौद्धिक अपांग हुन्छ ।
अबको शैक्षिक प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा केही शिक्षाविदहरुकाे निस्कर्ष  KAP माेडलकाे छ ।kap काे अर्थहाे K – knowledge (ज्ञान ) A – attitude (प्रवृत्ति ) र P काे अर्थ practice ( अभ्यास ) हाे ।  सामान्यतः शिक्षा प्राप्त गर्ने माध्यम स्पर्श , स्वाद ,दृस्टी , गन्ध ,र श्रवण पाँच ज्ञानेन्द्रियहरु हुन , तर सफल व्यक्तिहरुले छैटौं ज्ञानेन्द्रियलाई पनि शिक्षाको प्रमुख माध्यम बनाएका हुन्छन् । छैटौं ज्ञानेन्द्रिय भनेको  मन , हृदय ,भावना वा व्यावहारिक ज्ञानेन्द्रिय हो । हृदयलाई छुन सक्ने शिक्षाले मात्रै असल र सफल व्यक्ति उत्पादन गर्न सक्छ । असल र सब्य समाजको सुरुवात अाफुबाट थालनी हुनुपर्छ । यश बारेमा शिक्षा विद थाेमस कार्लाईल भन्नुहुन्छ ” अाफुलाई एउटा ईमानदार मान्छे बनाउनुहाेस र सन्सारबाट एउटा भए पनि दुर्जन व्यक्ति घटाउनुहाेस ।”
अन्तमा
यो सन्सारमा भएका प्रत्येक व्यक्तिको हस्त रेखा , जिव्राेकाे छाप तथा  , डि एन ए  अापसमा कहिल्यै मिल्दैन । तेसैगरि हरेक व्यक्तिको अन्तर निहित क्षमता , शिक्ने तरिका , अान्तरिक स्वाभाव फरकफरक हुन्छ । वास्तविक शिक्षा ले  हरेक व्यक्तिमा हुने बौद्धिक विभिदता , शिक्ने क्षेमतालाई समेट्नु पर्दछ । शिकाई क्षेमता वा शिकाई काे शैलिका सम्बन्धमा मनाेबैज्ञानिक Dr harold cummins ले learning style निम्न नौ भागमा विभाजन गरेका छन  । बास्तबमा बालकको शिकाई क्षेमताकाे पैचान गरेर मात्रै  शिकाई प्रक्रिया प्रभावकारि बनाउन सकिन्छ । उनका अनुसार हरेक ब्यक्तिमध्य   पढेर ,हृरेर , सुनेर , गरेर , खेलेर , संगितकाे माध्यमले , प्राकृतिक रुपले  तथा  अन्तरदृस्टिले  सिकाई गर्दछन । प्रत्येक व्यक्तिको सिकाई क्षमताको पहिचान गरेर उपयुक्त बाताबरण सृजना गरेर शिक्षा दिनुपर्छ।
अन्तमा वालवालिका काँचो माटो हाे र कुमालेकाे ईच्छा अनुसार जे ईच्छा लाग्यो तेहि वनाउन सकिन्छ भन्ने गलत शिक्षाको साेचकाे ठाउमा वालकहरु निस्चित गुण र सम्भावना का भण्डार हुन  शिक्षक तथा अभिभावककाे चाहना अनुसार नभएर उनिहरुकै  अान्तरिक गुणकाे अाधारमा उपयुक्त बाताबरण दिनु नै शिक्षा हाे । जसरि धान राेपेर मकै फलाउन सकिदैन त्यस्तै एउटा क्षेत्रकाे क्षेमता बाेकेकाे वालकलाई अन्य क्षेत्रमा सफल बनाउन सकिदैन ।