नेपालको शैक्षिक संरचना एक चर्चा

Flash News C समाचार

नेपालको शैक्षिक संगठन तथा नेतृत्व एक परिचय
जयप्रसाद तिमिल्सिना
विरेन्द्रनगर नगरपालिका १० सुर्खेत
नेपालीको शैक्षिक ईतिहास तथा शैक्षिक विकास काे दृश्टिले वर्तमान अबस्था सम्म अाईपुग्दा महत्त्वपूर्ण तथा नेतृत्वदायि भुमिका निर्भाह गरेका शैक्षिक संगठन वा शैक्षिक निकायहरूको भुमरीमा सम्बन्धि छाेटाे चिनारीलाई निम्नानुसार देखाउन खाेजिएकाे छ ।
The ministry Of education ( MOE

शिक्षा मन्त्रालय

वि स 1910 सालमा जंगबहादुर राणाले नेपालमा विधिवतरुपबाट अौपचारिक शिक्षाको थालनी गरेपछि शिक्षालाई व्यावस्थित र प्रभावकारी रुपमा सन्चालन गर्नकाे लागि वि स 1915 मा शिक्षा विभागकाे स्थापना भएको थियो ।उक्त शिक्षा विभागलाई वि स 2007 साल फाल्गुन 7 गते का दिन अन्तरिम सरकार गठन भए पछि शिक्षा सम्बन्धि काम गर्न शिक्षा विभागको सट्टामा ” शिक्षा मन्त्रालय ” ( the ministry of education ) काे गठन भएको हो । ( श्राेत :सफल शिक्षा दिग्दर्शन पेज 123 विस्णु प्रसाद अधिकारी )

यसरी वि स 2007 ( ई स. 2051) मा स्थापना भएको शिक्षा मन्त्रालय ( MOE) 2057 /01/06 गते देखि शिक्षा तथा खेलकुद मन्त्रालय ( The ministry of education and sport. moes.) नामाकरण गरियो । साथै केसरमहलमा रहेको उक्त मन्त्रालय शिंहदरवार काे नयाँ भवनमा सारियाे ।

शिक्षा सम्बन्धि नितिगत विकास ,प्रशासन र समन्वय तथा अनुगमनको काम गर्ने गरि गठन गरियकाे केन्द्रीय निकाय नै शिक्षा मन्त्रालय हाे ।शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयकाे प्राेफाईलमा यश मन्त्रालयको भुमिका सम्बन्धि लेखिएको छ ,” The ministry of education is responsible for formulating educational policies plans and managing and implementating them across the country thought the instrution s under it “

नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका शिक्षा सचिवकाे प्रशासनिक नेतृत्वमा सातवटा महाँशाखामा सहसचिव राजपत्रांकित प्रथम श्रेणीका रहने गरि 33 वटा शाखामा जम्मा 174 जना कर्मचारीकाे दरवन्दि कायम गरियकाे छ ।जसमा रा प द्धितिय 39 जना , तृतीय 41 जना राजपत्र अनंकित प्रथम 34 जना ,द्धितिय 15 जना र अन्य श्रेणिविहिन कर्मचारी रहेका छन ।

यस मन्त्रालयले विगतमा 5 वटा क्षेत्रिय शिक्षा निर्देशनालय ,75 वटा जिल्ला शिक्षा कार्यालय ,1092 वटा श्राेत केन्द्र तथा 35055 वटा विद्यालयहरुकाे केन्द्रीय नेतृत्व गरिरहेको थियो । तर नेपालमा संघीय गणतन्त्र स्थापनामा प्रवेश गरेको वर्तमानमा परिवेशमा समय सापेक्ष रुपमा शिक्षा एेन ,नियमावली तयार नभएता पनि मन्त्री परिसदकाे निर्णय ,निर्देशनमा शिक्षा मन्त्रालयकाे माताहतमा सात वटा प्रदेशमा एक एक वटा सामाजिक विकास मन्त्रालय तथा एक एक वटा प्रदेश शिक्षा निर्देशनालयहरु छन , 77 वटा जिल्लामा एक एक वटा जिल्ला शिक्षा समन्वय ईकाई काे रुपमा सम्पर्क कार्यालय रहेका छन । देशका सबै स्थानीय निकाएहरुमा एक एक वटा शिक्षा एकाईकाे व्यावस्था गरेर सम्पुर्ण शिक्षा क्षेत्रका कामकाज तथा गतिविधिहरु सन्चालन गरिरहेकाे छ ।

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयको संगठनात्मक संरचनालाई निम्नानुसार देखाउन सकिन्छ ।
🇳🇵 मन्त्री
राजपत्रांकित विशिष्ट श्रेणीको सचिव
महाँसाखाहरु
1) प्रशासन महाँशाखा :-
🏁 कर्मचारी प्रशासन तथा शुसासन प्रर्वदन शाखा
🏁अार्थिक प्रसासन शाखा
🏁कानुन तथा फैसला कार्यान्वयन शाखा
🏁अान्तरिक व्यावस्थापन शाखा
2) प्राविधिक तथा व्यावसायिक शिक्षा महाँशाखा :-
🏁प्राविधिक शिक्षा शाखा
🏁निति तथा सहकारी संघ संस्था समन्वय शाखा
🏁व्यावसायिक तालिम प्रवर्द्धन शाखा
🏁गुणस्तरीय उत्पादन शाखा
🏁शैक्षिक प्रविधि तथा विधुतिय शुशासन शाखा
3) विद्यालय शिक्षा महाँशाखा :-
🏁प्रारम्भिक वालविकास तथा विद्यालय पाेषण शाखा
🏁विद्यालय शिक्षा शाखा
🏁संयम शेवक परिचालन तथा भिषा शाखा
🏁पुस्तकालय समन्वयन तथा अभिलेख शाखा
🏁वैकल्पिक तथा निरन्तर शिक्षा शाखा
4) उच्च शिक्षा महाँशाखा :-
🏁उच्च शिक्षा शाखा
🏁वैदेशिक अध्यायन अनुमति शाखा
🏁शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा
🏁छात्रवृत्ति शाखा
5) योजना तथा अनुगमन महाँशाखा :-
🏁योजना तथा वजेट शाखा
🏁विकास सहायता शाखा
🏁अनुगमन तथा मुल्यकन शाखा
🏁जनशक्ति विकास तथा समन्वय शाखा
🏁तथ्यांक निति तथा अनुसन्धान शाखा
6) विज्ञान प्रविधि महाँशाखा :-
🏁वैज्ञानिक अनुसन्धान शाखा
🏁अाविस्कार तथा नवप्रवन्धन शाखा
🏁उपयुक्त प्रविधि शाखा
🏁अन्तरिक्ष उड्यायन शाखा
7) पारमाणिक पदार्थ व्यवस्थापन महाँशाखा
🏁पारमाणिक पदार्थ व्यावस्थापन शाखा
🏁मापदण्ड गुणस्तर शाखा
🏁अनुमति तथा अनुसन्धान शाखा
🏁रासायनिक पदार्थ व्यावस्थापन शाखा

शिक्षा विभाग ( DOE)

मुलुकको शैक्षिक क्षेत्र द्रुतगतिमा विकास तथा विस्तार भैरहेको परिप्रेक्ष्यमा शिक्षा मन्त्रालय अन्तरगत सन्चालित निति ,योजना र कार्यक्रमहरुलाई देशव्यापि रुपमा प्रभावकारि ढंगबाट कार्यान्वयन र अनुगमन गर्ने निकायको रुपमा शिक्षा विभाग काे स्थापना भएको हाे ।नेपाल सरकारबाट 2056 जेस्ट 9 गते राजपत्रमा सुचना प्रकाशित गरि अाधारभुत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजना द्वारा सन्चालित कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्न तथा क्षेत्रियशिक्षा निर्देशनालय एव जिल्ला शिक्षा कार्यालयहरुलाई सक्रिय बनाई विद्यालयकाे विद्दमान शैक्षिक प्रणालिलाई अझ वढि प्रभावकारी बनाउन शिक्षा मन्त्रालय अन्तरगत शिक्षा विभागको गठन भएको हो ।

शिक्षा विभागलाई नेपालको संघिय संरचना अनुसार ” शिक्षा तथा मानव श्राेत विकास केन्द्र ( center for education and human resource development ) काे नामाकरण गरियकाे छ । शिक्षा विभाग अथवा शिक्षा तथा मानव श्राेत विकास केन्द्र स्थापना काे प्रमुख उदेश्य तथा परिकल्पना शिक्षा मन्त्रालयकाे याे रहेको छ , “शिक्षाकाे माध्यम द्वारा शिक्षित ,संस्कृतिक र समुनत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्याउन गुणस्तरीय शिक्षाको विकास तथा विस्तार गर्ने ।”

शिक्षालाई विकासको संवाहक वनाउने दृस्ठिकोणले सबैलाई अाधारभुत शिक्षा उपलब्ध गराउने तथा साे भन्दा अगाडि काे विद्यालय स्तरीय शैक्षिक अवसर सहज बनाउने लक्ष्य भएको यस विभागका उदेश्यहरुमा शिक्षा मन्त्रालयले निर्धारित गरेका निति नियमको अाधारमा विद्यालय शिक्षाको योजना तथा वजेट तयार गरि मन्त्रालयमा पेश गर्ने र मन्त्रालयले वनाएका निति नियमका अाधारमा विद्यालय शिक्षाका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने रहेको छ ।

शिक्षा तथा मानव श्राेत विकास केन्द्रमा राजपत्रांकित प्रथम श्रेणीको एक जना महाँनिर्देशक हुने गरि तिनवटा महाँ शाखा र 17 वटा शाखा रहेका छन । जसलाई काम र भुमिका काे अाधारमा निम्नानुसार विभाजन गरियकाे छ ।

1) शैक्षिक योजना तथा विकास महाँशाखा :- यस अन्तरगत छ वटा शाखा रहेका छन :-
🇳🇵योजना तथा अनुगमन शाखा
🇳🇵प्रारम्भिक वालविकास शाखा
🇳🇵विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा
🇳🇵 शिक्षक व्यावस्थापन समन्वय शाखा
🇳🇵शैक्षिक सुचना व्यावस्थापन शाखा
🇳🇵शाशकिय सुधार शाखा
2) शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाँशाखा :- यस अन्तरगत पाँचवटा शाखा रहेका छन :-
🇳🇵पाठ्यक्रम तथा शामाग्रि शाखा
🇳🇵श्रव्य दृश्य शाखा
🇳🇵शैक्षिक प्रविधि शाखा
🇳🇵अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा
🇳🇵समावेशी शिक्षा शाखा
3) मानव सन्साधन विकास महाँशाखा :- यसयको भित्र निम्न पाँचवटा शाखा रहेका छन :-
🇳🇵शैक्षिक व्यावस्थापन तालिम शाखा
🇳🇵शिक्षक तालिम शाखा
🇳🇵अनुसन्धान तथा गुणस्तर सुधार शाखा
🇳🇵अार्थिक प्रशाशन शाखा
🇳🇵अान्तरिक प्रशासन शाखा
🇳🇵सुचना प्रविधि तथा पुस्तकालय शाखा
शिक्षा तथा मानव श्राेत विकास केन्द्रमा रहेका कर्मचारीहरुकाे दर्वन्दि विवरण यस्तो रहेको छ :-
राजपत्रांकित प्रथम श्रेणीका चार(4) जना
राजपत्रांकित द्धितिय श्रेणीका 17 जना
राजपत्रांकित तृतीय श्रेणीका 30 जना
राज पत्र अनंकित प्रथम श्रेणीका 30 जना
चालक 10 जना
का स 9 जना
कुल जम्मा 101

क्षेत्रियशिक्षा निर्देशनालय (RED)
Or
प्रदेश शिक्षा विकास निर्देशनालय
नेपालमा शिक्षाको विकास, विस्तार ,नियन्त्रण तथा निरिक्षण गर्ने उदेश्यले वि स 2003 सालमा जनकपुर र पाल्पामा उपनिरिक्षककाे कार्यालयकाे स्थापना सगै शिक्षामा क्षेत्रिय प्रशाशनाकाे सुरुवात भएको मानिन्छ । रास्ट्रिय शिक्षा परियोजना ( रा शि प याे 2028) लागू भए पछि 5 वटा विकास क्षेत्रमा एक/ एक वटा क्षेत्रियशिक्षा निर्देशनालयहरुकाे स्थापना भएको हाे ।शिक्षा मनणत्रालय र शिक्षा विभागको निर्देशनमा क्षेत्र भित्रका कार्यक्रमहरुकाे कार्यनयन गर्ने ,अाफ्नाे क्षेत्र भित्रका शैक्षिक कार्यक्रम तथा क्रियाकलापकाे समन्वय गर्ने ,क्षेत्र भित्रका शैक्षिक कार्यक्रम अनुगमन ,मुल्यांकन तथा निरिक्षण गर्ने उदेश्यले क्षे शि नि हरुकाे स्थापना भएकाे हाे। पुर्वान्चलकाे धनकुटा ,मध्यमाञ्चलकाे हेटौंडा , पस्चिमाञ्चलकाे पाेखरा , मध्यपस्चिमाञ्चलकाे सुर्खेत र सुधुर पस्चिमाञ्चलकाे दिपायलमा क्षेत्रिय शिक्षा निर्देशनालयहरुकाे स्थापना भएको हाे ।प्रत्येक क्षे शि नि मा राजपत्रांकित प्रथम श्रेणीको एक जना निर्देशकको माताहतमा अाठ अाटाे शाखावाट शिक्षाका सम्पुर्ण कार्यक्रम कार्यानयन गर्ने र प्रशाशनिक रेखदेख गर्ने जिम्मेवारी दिईएकाे थियो ।यसयको भित्र 1053 श्राेत केन्द्र ,75 जि शि का , प्रत्येक गाउँ घर सम्मका वालविकास केन्द्र देखि सम्पुर्ण विद्यालयहरु ठुलो संख्यामा शिक्षक तथा कर्मचारीहरु रहृका छन ।

नेपालमा संघिय गणतन्त्रकाे स्थापना पश्चात् क्षेत्रिय शिक्षा निर्देशनालयहरुलाई ” प्रदेश शिक्षा विकास निर्देशनालय ” नामाकरण गरि प्रत्येक प्रदेशमा एक/ एक रहने गरि सातवटा स्थापना गरियकाे छ । नेपाल सरकार शिक्षा मन्त्रालयले तय गरेका विद्यालय शिक्षाको लक्ष ,उदेश्य तथा कार्यक्रमहरु प्रभावकारी रुपले कार्यनयन गर्नका लागि प्रदेश स्तरमा समन्वय ,निरिक्षण ,अनुगमन ,शुपरिवेक्षण तथा पृस्ट पाेषण जस्ता प्राविधिक शेवाहरु प्रदान गर्ने जिम्मेवारी शिक्षा निर्देशनालयकाे रहेको छ ।विद्यालय शिक्षाका विभित्र कार्यक्रम मार्फत कक्षा काेठा शिक्षणमा प्रभावकारितालाई विद्यार्थीकाे शैक्षिक उपलब्धि स्तर बढाउन सबै सरकारि तथा गैरसरकारी निकायहरुकाे समन्वय र सहकार्य गर्ने जिम्मा पनि यिनै निर्देशनालयहरुकाे रहेको छ ।

नेपाल सरकारले संघियताकाे जगलाई मजबुत बनाउन स्थानीय सरकार , प्रदेश सरकार र केन्द्रीय वा संघीय सरकारको गठन गरेर अा अाफ्नाे काम , अधिकार ,कर्तव्य ,भुमिका तथा जिम्मेवारीकाे वाडफाट गरेकाे करिव 3/4 वर्ष भैसक्दा पनि शिक्षा क्षेत्रमा संघिय सरकारले शिक्षा एेन , नियमावली ल्याउन नसक्दा स्थानीय स्तरकाे शिक्षा एेन नियम तथा प्रदेश स्तरको शिक्षा एेन नियम तयार गरि कार्य अारम्भ गर्न धेरै अन्यौल सृजना भएको छ ।

जिल्ला शिक्षा कार्यालय ( DEO)
जिल्ला शिक्षा समन्वय एकाई
देशभर 75 जिल्लामा वि स 2018 सालमा प्रशाशनिक विभाजन पछि 2027 सालमा जिल्ला शिक्षा कार्यालय काे स्थापना भएको हाे ।रा द्धितिय श्रेणिकाे एक जना जि शि अ काे नेतृत्वमा जिल्ला भित्र काे सम्पुर्ण शिक्षाको कार्यक्रम कार्यनयन गर्ने र प्रशासनिक रेखदेख गर्ने जिम्मा जिल्ला शिक्षा कार्यलयलाई दिईएकाे हाे । प्रत्येक गाउँ गाउँमा रहेका वालविकास ,विद्यालय , श्राेत केन्द्र अन्तर गत रहेकाे ठुलाे संख्या का शिक्षक , कर्मचारीलाई सरकारकाे शैक्षिक गतिविधिमा सक्रिय सहभागी गराई शिक्षाको व्यावहारिक प्रयोग तथा कार्यनयन गराउन महत्त्वपूर्ण भुमिका जि शि काहरु काे रहेको छ । शिक्षक नियुक्ति , बढुवा सिफारि , अातरिक सरुवा , पुरसकार तथा दण्ड लगायत धेरै काम कर्तब्य र भुमिका निर्वाह गरेका जि शि का हरु नेपाल सरकारकाे संघिय संरचना अनुसार अहि लगभग भुमिका विहिन अवस्थामा रहेका छन । जिल्ला शिक्षा कार्यालयकाे नाम ” जिल्ला शिक्षा समन्वय एकाई ” राखिएको छ । नेपाल का जिल्लाहरु 77 वटा भए पछि जिल्ला शिक्षा समन्वय एकाईहरु पनि 77 वटा बनाईएकाे छ । जिल्ला प्रशासन कार्यलय काे एउटा शाखाको रुपमा सिमित यश कार्यलयकाे काम कर्तब्य , भसमिका , जिम्मेवारी सिमित भएको छ ।

श्राेतकेन्द्र ( Resource center )

शिक्षा मन्त्रालय काे निति नियम तथा कार्यक्रमहरुलाई स्थानीय स्तरमा अथवा विद्यालय तहमा कार्यनयन गराउने सबैभन्दा तल्लो तहकाे निकाय श्राेत केन्द्र हाे । निस्चित विद्यालयहरू काे अनुगमन , रेखदेख , समन्वय गरि शैक्षिक गुणस्तर सुधार मा टेवा पुर्याउने तथा विद्यालय र जि शि का काे सम्बन्धमा पुलको भुमिका निर्वाह गर्ने देशभर 1091 वटा श्राेत केन्द्रहरु स्थापना गरियकाे थियोे । तर कार्यनयनमा भने 1051 वटा मात्रै रहेका थिए। विद्यालयमा शैक्षिक योजना निर्माण र कार्यान्वयन मा सहयोग गर्ने , विद्यालयको निरिक्षण ,तथ्यांक संकलन एव अभिलेख व्यावस्थापन , कक्षा अवलाेकन तथा नमुना पाठपर्दशन गर्ने लगायतका काम र जिम्मेवारी भएको श्राेत केन्द्र देशको संघिय संरचनामा अायकाे परिवर्तन सगै अहिले स्थानीय शिक्षा एकाई काे रुपमा परिणत भएका छन । स्थानीय सरकारकाे निती नियम , कार्यक्रम लाईकार्यनयन गराउन स्थानीय तहमा शिक्षाएकई काे नाममा क्रियाशील रहेका छन ।

school ( विद्यालय)

कुनै पनि देशको शैक्षिक निति ,नियम एेन कानुन ,शैक्षिक योजना , शैक्षिक कार्यक्रम , पाठ्यक्रम , पाठ्यपुस्तक , शिक्षा क्षेत्रमा प्रयोग गरिने जनशक्ति सबै काे एउटामात्र लक्ष्य हाे वालवालिलाई गुणस्तर शिक्षा दिएर याेग्य , सक्षम ,ईमानदार जनशक्ति बनाउनु तथा सबै काे वास्तविक प्रयोग स्थल विद्यालय हाे । जग बलियो भए घर बलियो हुन्छ भने झै विद्यालयतहकाे शैक्षिक बाताबरण राम्रो , वालमैत्रि भएमा मात्रै शिक्षा क्षेत्रमा अाशातित उपलब्धि पाउन सकिन्छ । व्यक्ति ,समाज तथा देशका प्रत्येक चाहना, अावस्यकता र अाकाँक्षा पूरा गर्ने अौपचारिक शिक्षा प्रदान गर्ने संस्था नै विद्यालय हाे ।वालकका रुचि ,उमेर , ज्ञान , क्षेमता ,अावस्यक्ता अनुसार काे पाठ्यक्रम ,पाठ्यपुस्तक ,निर्माण गरि उदेश्य अनुसार तहगत शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण संस्था नै विद्यालय हो । शिक्षाको व्यावहारिक प्रयोग काे थलो स्कुल हाे । नेपालकाे वर्तमान अबस्थामा शैक्षिक संस्थाहरुकाे विवरण निम्नानुसार रहेको छ ।

नेपाल मा विद्यालयहरुकाे तथ्यांक शिक्षा विभागको प्रतिवेदन अनुसार यश प्रकार रहेको छ ;-

🇳🇵जम्मा विद्यालय संख्या :- 35055
🇳🇵सामुदायिक विद्यालय :- 27728
🇳🇵संस्थागत विद्यालय ;- 6206
🇳🇵धार्मिक विद्यालय ;- 1121
🇳🇵प्राविधिक विद्यालय ;- 434
🇳🇵नमुना विद्यालय ;- 322(+100)
🇳🇵सामुदायिक शिकाई केन्द्र ;- 2151
🇳🇵पुर्व प्राधमिक तहमा कुल भर्ना दर ;= 87.7 %
🇳🇵अनुभव सहित कक्षा 1 मा भर्ना हुने प्रतिशत ;-66.9%
🇳🇵प्राथमिक तह कक्षा 1–5 काे खुद भर्ना दर ;- 96.9%
🇳🇵अाधारभुत तह कक्षा 1–8 काे खुद भर्ना दर ;- 92.7%
🇳🇵माध्यमिक तह कक्षा 9=12 काे खुदभर्ना दर;46.4%
🇳🇵कक्षा 5 काे टिकाउ दर :- 89.6%
🇳🇵कक्षा 8 काे टिकाउदर ;- 77.9%

problems and issuse of educational leadership in nepal
जुन देशको शैक्षिक नेतृत्व कुसल ,दक्ष पारदर्शी याेग्य ,विवेकशील ,व्यावहारिक ,निस्पक्ष ,लगनशील छ त्याे देशको समग्र पक्षमा अग्रगामि विकास तथा परिवर्तन भएको हुन्छ । नेपाल काे सन्दर्भमा शैक्षिक नेतृत्वको कुरा गर्दा हाल समकाे राज्य सन्चालकाे नेतृत्व काे प्रत्येक्ष प्रभाव देखिन्छ । निरंकुश राणा शाशन , निर्दलिय पञ्चायती व्यावस्था , सम्बैधानिक राजतन्त्रको समय , लाेकतन्त्र तथा संघीय गणतन्त्र काे वर्तमान अवस्था सम्मको शैक्षिक नेतृत्व दुरगामि तथा दुरदर्शिता काे अभाव भएकाेले देशको चौतर्फी विकासको लागि के कस्तो जनशक्ति अावस्यकछ ? उक्त अावस्यक्ता पूरा गर्ने कस्तो पाठ्यक्रम अावस्यक पर्छ , निर्धारित लक्ष्य र उदेश्य पूरा गर्न के कस्ता शिक्षण संस्था अावस्यक पर्छन , शिक्षक कर्मचारी काे के कसरी व्यवस्थापन गर्ने भन्ने पुर्ण जानकारी भएको कुसल शैक्षिक नेतृत्वको अभावमा नेपाल काे शैक्षिक अबस्था गुजि्ररहेको छ । नेपालकाे शैक्षिक नेतृत्वको समस्या र चुनौतीहरु अनगिन्ती रहेका छन जसलाई निम्नानुसार चर्चा गरिएको छ ।

शैक्षिक व्यवस्थापिय नेतृत्वको समस्या

नेपालमा राजनीतिक रुपले तिनवटा सरकारले शैक्षिक नेतृत्व गरेका छन । संघमा शिक्षा मन्त्रालय , प्रदेशमा सामाजिक विकास मन्त्रालय ,जिल्लामा जिल्ला शिक्षा समन्वय एकाई र स्थानीय तहमा नगर / गाउँ शिक्षा एकाई काे रुपमा शिक्षाको नेतृत्वको जिम्मा दिईएकाे छ । देशको अाबस्यक्ता , जनताको चाहना , वदलिदाे परिवेश काे सम्बाेधन गर्न सक्ने शिक्षा निति ,नियम कानुन हुनुपर्नेमा अहिलेसम्म लगाम विनाको घाेडा सरह शिक्षा एेन नियमावली नयाँ तयार नभएरै अन्धाधुन्ध काम चलिरहेको छ । केन्द्र देखि स्थानीय तह सम्म शैक्षिक क्षेत्रको जिम्मेवारी लिने व्यक्ति शैक्षिक क्षेत्रमा विषेश दखल प्राप्त हुनुपर्नेमा नातावाद , कृपावाद , काे अाधारमा छनौट गर्ने परिपाटीले शिक्षा क्षेत्र अन्यौल मा रहेको छ ।

2) शिक्षा क्षेत्रमा प्रशाशनिक नेतृत्वका समस्या

मन्त्रालय देखि स्थानीय तहसम्म शैक्षिक प्रशासन काे नेतृत्वमा सरकारि काम कहिले जाला घाम भन्ने प्रवृत्ति रहेको छ । शिक्षा क्षेत्र शेवामुलक क्षेत्र भन्दा पनि कमाउने क्षेत्र काे रुपमा प्रयोग भएको पाईन्छ । सबै स्थानीय तहमा याेग्य प्रशाशक काे व्यवस्था नगरेर कार्यकर्ताहरु नियुक्ति गर्ने गरिएको छ । मनपरि तन्त्र लागू छ । शिक्षा जस्तो सम्वेदन शिल क्षेत्रमा शैक्षिक प्रशाशक याेग्य , सक्षम र पारदर्शी नहुनु ठुलो समस्या र चुनौती भएको छ ।

3) शैक्षिक कार्यनयन पक्षमा देखिने समस्याहरु

शिक्षाको लक्ष्य , उदेश्य व्यावहारिक रुपमा प्रयोगमा ल्याउने निकाए विद्यालय हो । शिक्षाको केन्द्र विद्यार्थी हुन । विद्यार्थी काे अन्तर निहित प्रतिभाकाे चौतर्फी विकास गर्ने जिम्मेवारी लिएका स्कुल काे नेतृत्व गर्ने, विदयालय व्यावस्थापन समिति ,शिक्षक अभिभावक संघ तथा प्रधानाध्यापक , र शिक्षक कर्मचारीहरु हुन । हाम्रो नेपामा विद्यालयकाे नेतृत्व गर्ने वि व्य स मा अाफ्नाे नातागोता भर्ति गर्ने तथा भौतिक निर्माणमा मात्रै ध्यान दिन प्रवृत्ति हावि भएको छ ।

विद्यालयमा शैक्षिक नेतृत्व गर्ने प्रधानाध्यापक शिक्षा नियमानुसार याेग्यता पुगेका स्थायि शिक्षकहरु द्धारा गरिने भनेता पनि व्यावहारमा लागू भएको छैन । निजि शिक्षक , राहत शिक्षक , अस्थायी शिक्षक , याेग्यता नपुगेका शिक्षक ,तल्लो तहका बाट माथिल्लो तहको नेतृत्व गर्ने , अाफ्नाे पक्ष , नातागोता काे अाधारमा विद्यालयको नेतृत्व हुन सबैभन्दा ठुलो समस्या र चुनौती रहेको छ । जब सम्म हाम्रो काे सट्टामा राम्रो व्यक्ति राखिदैन ,दक्ष ,ईमानदार याेग्य ,सक्षम,लगनशील व्यक्तिलाई निस्पक्षरुपमा शिक्षण संस्था काे नेतृत्वको परिपाटी हुदैन तब सम्म शैक्षिक सुधार का कुरा नारामा मात्रै सिमित हुनेछन् ।

कक्षा काेठाकाे नेतृत्व गर्ने शिक्षक काे व्यावस्थापनमा पनि धेरै समस्याहरु रहेका छन । असल ,याेग्य , सक्षम व्यक्तिको पहिलो राेजाई शिक्षण पेशा हुनुपर्नेमा अहिले कुनै स्थानमा काम नपाए पछि मात्रै शिक्षक हुने परिपाटीले शिक्षामा धेरै चुनौती सृजना भएको छ । शिक्षकहरु पनि निजि , राहत , अस्थायी , करार , स्वयंसेवक , स्थायी अादि अादि काे नामले अस्तव्यस्त शैक्षिक नेतृत्वले नेपालकाे शैक्षिक अबस्था सुधारउन्मुख छ ।

suggestive measures

नेपाल शिक्षालाई गुणस्तरीय , व्यावहारिक वनाउन शिक्षामा अामुल परिवर्तनको खाचो रहेको छ । शिक्षाले वर्तमानमा खुसि ,सुखि सफलता दिन सक्नुपर्ने हुन्छ भने भविस्यका चुनौती सग सामना गर्न सक्ने क्षमताको विकास गर्न सक्नुपर्छ । तर नेपालकाे शिक्षाले ठाेस बाटो भेटाउन नसकेर अल्मलिरहेकाे छ। जब सम्म शैक्षिक क्षेत्र काे नेतृत्व कर्ता याेग्य , सक्षम , खुसि , नैतिकवान हुदैनन् तब सम्म समस्या रहिरहने छन ।शिक्षालाई सीप संग ,सिपलाई श्रम संग , श्रमलाई उत्पादन संग ,उत्पादनलाई खुसि र सम्वृधि सग जाेड्न सक्ने नेतृत्व अावस्यक रहेको छ । शिक्षा क्षेत्र वा शिक्षा शेवालाई सबैभन्दा उच्च सम्मान ,मर्यादा , तथा सबै काे पहिलो राेजाईकाे बनाउनुपर्छ । शिक्षण शेवामा याेग्य र सक्षम व्यक्तिको सहज प्रवेश काे व्यवस्था गरिनुपर्छ ।बिश्वबिद्धालयका उत्कृष्ट युवाहरुलाई शिक्षेण पेशामा भित्र्याउने वातावरण तयार गरिनुपर्छ । शिक्षा क्षेत्र काे निति नियम , पाठ्यक्रममा , पाठ्यपुस्तक ,तालिम लगायत प्रशासनिक तथा राजनैतिक नेतृत्वमा शिक्षकहरु मध्ये ( विद्यालय देखि बिश्वबिद्धालय का) बाट मात्रै व्यवस्था गरिनुपर्छ । अचानाकाे पिर खुकुरीले बुझ्दैन भनेझैं शिक्षा काे समग्र पक्षमा शिक्षा क्षेत्रमा विशेष दक्षता प्राप्त व्यक्तिहरुलाई मात्रै नेतृत्वको जिम्मा दिनुपर्ने देखिन्छ ।

शिक्षालाई कक्षा काेठा भित्र मात्रै सिमित नगरेर शिक्षालाई उत्पादन वा अायअार्जन सग जाेड्ने कुसल नेतृत्वको विकास गरिनुपर्छ । सधैं सकारात्मक साेच भएका ,चिन्तनशिल , सृजनशिल , हसिला ,फुर्तिला , जाेस जाँगर र अाट भएका व्यक्तिहरुलाई शैक्षिक नेतृत्वमा ल्याउन विशेष योजना बनाउनुपर्छ ।

right man right place काे शिद्धान्तलाई अात्मासात गर्दै हरेक क्षेत्रमा हाम्रो व्यक्ति हाेईन राम्रो व्यक्ति भन्ने अभियानलाई सार्थक बनाउन सकेमा नेपाल काे शैक्षिक सुधारमा अामुल परिवर्तन हुने देखिन्छ । शिक्षाको पाठ्यक्रममा पनि समय ,परिस्थिति र अावस्यक्ताकाे अाधारमा परिवर्तन गरि पढेको व्यक्ति नैतिकवान , ईमान्दार , अात्मनिर्भर , स्वावलम्वि बन्न सक्ने दक्ष व्यक्ति उत्पादन गर्ने खालका विषय बस्तु राखिनु पर्छ ।