नीति कथा

समाचार साहित्य

एउटा गाउँमा सबैभन्दा धनी मानिसले याेग्य बुहारी चाहियो भनेर विज्ञापन गरेछन् । सर्त ” तिनमाना चामलले एक महिना सम्म दुई जना कमारा / कमारि संग जिउनु पर्ने थियो । ” धनी व्यक्तिको बुहारी बन्ने हाेडमा धेरै कन्याहरु अाए ।जतिसुकै फाराे गरे पनि केही दिन सम्म मात्रै टिक्न सके । एक महिना सम्म काेहि पनि टिक्न सकेनन् ।
यहि क्रममा एक जना कन्या जाँच दिन अाईन ।धनी मानिसले ती कन्यालाई एक कमारा एक कमारि संग तिनमाना चामल दिएर अतिथि गृहमा बस्न दिए ।ती महिलाले अरुले जस्तो भन्दा फरक ढंगले बस्न थालिन । पहिलो दिनमै उनले सबै चामल पकाएर सबैलाई पेटभरि खान दिईन । टन्न खाना खाए पछि कमारालाई दाउरा बटुल्न लगाईन र कमारिलाई पैसा कमाउन सिलाई बुनाईकाे काम खाेज्न पठाईन ।अाफ्ना कमारा कमारिले पहिलो दिनमै धेरै पैसा कमाए । साझै रमाइलो संग मिठाे मिठाे खाना किनेर खाए । यहि क्रममा एक महिना सम्म अाफ्ना कमारा कमारि ले कडा मिहिनेत गरेर धेरै पैसा कमाईन र सजिलैसँग एक महिना विताईन र अन्न भण्डारमा धेरै अन्न जम्मा गरिन । दाउरा धेरै जम्मा भए ।
धनी मानिस खुसि भएर उनलाई नै बुहारी बनाए ।वास्तवमा धनी मानिसले कमाराकाे रुपमा अाफ्नै छाेरालाई पठाएका थिय ।
शिक्षा : एउटै परिस्थितिलाई बुद्धिमान व्यक्तिले कसरी सकारात्मक रुपमा अाफ्नाे हितमा लगाउन सक्ने रहेछ तथा सधैं सफलता अाफु भित्र नै हुने रहेछ र अाफैले खाेज्न सकिने रहेछ भन्ने सन्देश दिएको छ
Timilsenajp29@gmail.com