नयाँ नेपालकाे कृषि

विचार समाचार

नयाँ नेपालमा कृषि
नेपाल एक कृषि प्रदान देश हाे । दुईवटा विशाल झिमेकि भारत र चिनकाे विचमा रहेको नेपालले उच्चमनाेवल का साथै अात्मनिर्भर हुने स्वतन्त्र अर्थतन्त्रको विकास गर्ने प्रमुख क्षेत्र नै कृषिमा अाधुनिकरण हाे । जीवन निर्वाह खेती काे सट्टामा प्राकृति मानवमैत्रि कृषिको जगेर्ना र विकास गर्नु पर्ने देखिन्छ । नेपाल प्राकृति सम्पदाको हिसाबले सन्सारकै सबैभन्दा सम्पन्न मुलुक मध्य एक हाे । हाम्रो कृषिलाई अाधुनिकरण काे अभियान थाल्नु भन्दा पहिले हामीले प्राप्त गरेका प्राकृतिक उपहारहरु के के छन ? लेखाजोखा गरिनु अावस्यक छ ।नेपालीको हिमाली क्षेत्र मा पर्यटकलाई अाकर्षण गरेर विदेशी मुद्राकाे भण्डार भरिने सम्भावना छ । चिनकाे मानसरोवर काे यात्राको मुलमार्ग पनि हिमाली क्षेत्र भएर अगाडि बढ्ने प्रचुर सम्भावना भएकोले पर्यटन काे लागि हाेटल व्यावसायकाे सम्भावना प्रसस्तै रहेको छ । अर्गानिक तथा मानवमैत्री कृषिको उच्चतम विकासले यहाँका वासिन्दा सबैभन्दा निराेगि ,सम्पन्न र सम्मुनत हुने धेरै सम्भावना रहेका छन । सन्सारकै सबैभन्दा शक्तिशाली रास्ट्रकाे रुपमा पुर्याउने लक्षमा लम्किरहेकाे महान देश चिन सगकाे वैदेशिक व्यापारलाई अाफ्नाे अनुकूलतामा उपयोग गरेमा विकासको फड्को मार्न धेरै सजिलो र झिटाे हुने छ । फलफूल र जडिबुटी खेती काे लागि पहाडी भुभाग धेरै महत्त्वपूर्ण छ ।विभिन्न प्रकारका फलफूलहरुबाट धेरै परिकार तथा जुसहरु उत्पादन गर्न सकिन्छ जस्ले सन्सारभरि काेक ,फ्यान्टा जस्ता अखाद्य जुसकाे सट्टामा मानव शरिरलाई निराेगि ,दिर्घायु र विवेकशील बनाउने जुस उत्पादन गरेर विश्व बजारमा पुर्याउन सकिन्छ । नेपालका वनजंगलमा अमुल्य जडिबुटी काे भण्डार रहेको छ । जडिबुटी प्रशाेदन गरेर विभित्र प्रकारका अौषधिहरु बनाउन सकेमा तथा कच्चा जडिबुटी काे ठाउँमा प्रसाेधित जडिबुटी विदेशमा बेच्ने सम्भावना रहेको छ । तेस्तै अन्नको भण्डार कहलिएकाे तराईका फाटहरुमा अत्याधुनिक कृषि यान्त्रकाे प्रयाेग , उन्नत बीउ र प्रबिधि काे प्रयोग गरेर , कृषकलाई अनुदान काे व्यवस्था गर्र प्रयाप्त अन्न उत्पादन गरेमा नेपाललाई विकसित मुलुककाे सुचिमा उठाउन धेरै समय लाग्ने छैन ।
नेपाललाई अात्मनिर्भर मुलुक बनाउने अबसर अहिले तयार भएको छ । भर्खरै विकासको गतिमा लागेका नेपालका साना ठुला उद्योगहरु बहुराष्ट्रिय पुजिले बनेका ठुला ठुला उद्योगसंग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुगेकाहरुलाई अब सरकारि संरक्षण र सहयोगमा सक्रिय बनाउनु पर्नेछ । हामीले निरंकुश भनेर चिन्ने राजा महेन्द्र काे गाउँ फर्क अभियान काे वास्तविक मर्म अनुसार हामी चल्नुपर्ने देखियकाे छ । पृथ्वीनारायण शाहको अौधाेगिक नितिकाे पुरावलाेकन गर्नु परेको छ । वास्तवमा राजा महेन्द्र ले चिनमा माअाेले चलाएको रास्ट्रनिर्माण अभियान काे नेपालीकरण गर्ने प्रयास थियो । तेसैगरि मनमाेहन अधिकारीकाे पालामा ल्याएको” अाफ्नाे गाउँ अाफै वनाउ “भन्ने उदेश्य धेरै राम्रो थियो । नेपाललाई स्वाभिमानी र अात्मनिर्भर बनाउने धेरै साेच , चिन्तन देखियता पनि वास्तविकरुपमा व्यावहारिक भएनन् र कार्यनयनमा अाएन ।
तर अहिले हामी काेराेनाका चपेटामा छौ भने यहि अवस्था लम्बिएमा भाेकमरिकाे चपेटामा पर्ने निस्चित छ । वैदेशिक राेजगारमा गएका लाखौं युवाहरु नेपाल अाईसके र वाँकि सकुशल देशफिर्तिकाे पर्खाइमा छन । स्कुल कलेज बन्द छन । उद्योग कलकारखाना बन्द छन । सहरबजारमा लाखौंको राेजगारि गुम्ने सम्भावना बढिरहेको छ । वेराेजगार अस्वभाविक रुपले बढ्दैछ ।यस्तो विषम अवस्थमा राेगभाेक ,दुख ,पीडा ,झैझगडा ,काटमार लुटपाट का समस्याहरु बढ्दैछन । गाउँ बस्तीमा लामो समय सम्म खेती नगरेका बाँझा बारिहरु छन । सबै नेपालीहरुमा वर्तमान अवस्थाले नैरास्यता सृजना गरेको छ ।दुख मा झन पीडा थपेको छ । यस्तो विषयमा परिस्थितिलाई सुनौलो नेपाल निर्माण गर्ने कृषि अभियान जतिसक्दो झिटाे सन्चालन गर्नु पर्ने देखियकाे छ । श्रम हुने संग जमिन काे अभाव छ ,जाे संग जमिन छ श्रम गर्दैन तसर्थ भुमिमा क्रान्तिकारी भुमिसुधार गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।
हरियो वन नेपाल काे धन भनिन्छ तर अायमुलक वनको योजना खै ? नेपाल काे पुर्व पश्चिम फैलिएको चारकोसे जंगललाई अायमुलक जंगल बनाउन सके लाखौं युवाले राेजगार पाउने र देशले प्रयाप्त अार्थिकलाभ लिन सक्छ । त्यसैगरी जडिबुटी उत्पादन ,फलफूल उत्पादन , पसुपालन ,खन्नवालि , कृषि उद्योग , घरेलुु उद्योग ,कृषि अौजार निर्माण , कृषि ,पसु तथा नव विज्ञान काे शिक्षालाई , एकीकृत योजना निर्माण गरि कार्यनयनमा ल्याउन अतिअावस्यक देखिन्छ ।
वर्तमानमा अवस्थामा नेपालका तीनवटै सरकारले तुरुन्तै सन्चालन गरिहाल्नु पर्ने केही उपायबारेमा चर्चा गरौ
2) कृषिमा लगानी वृद्धि = कृषि अौजार , बीउ ,मल , विषादि , कृषि प्रबिधिमा कम्तिमा 60% सरकारी अनुदान दिनु पर्छ । अनुदान कार्यान्वयनमा निस्पक्ष , पारदर्शी ,सरल तरिका,छिटो र छरितो उपलब्ध गराउने ,तथा अनियमिततामा कडा कार्वाही काे निति लिनुपर्छ ।
2) अायमुलक वन निति -= नेपालका प्रत्येक वनलाई फलफूल का जंगल , जडिबुटी का जंगल ,कृषि उद्योग का लागि अावस्यक कच्चापदार्थ का जंगल , मिश्रति जंगल , बहुमुल्य काट का जंगल बनाएर हजारौं राेजगारि सृजना हुने अभियान संचालन गर्ने । जनप्रतिनिधि वन , शैक्षिक वन अौधाेगिक वन , अायुर्वेदिक वन , पर्यटन वन, वन्यजन्तु संरक्षण वन , अादि अादि अभियान सन्चालन गरौ ।
3) कृषि शिक्षा = यसमा कृषि ,पसु र वन पर्दछन । यो सम्पुर्ण अभियान सरकारि तवरले सर्वसुलभ तरिकाले सबैकाे सहजै पहुँच हुने गरि रास्ट्रिय अभियान कै रुपले सन्चालन गर्ने ।
4) कृषि विमा – कृषिमा अाकर्षक विमाकाे व्यवस्था हुनुपर्छ ।विमा सहज सरल तरिकाले प्राप्त गर्ने खालको हुनुपर्छ ।
5) कृषि उत्पादन मा अनुदान = किसानले अर्गानिक उत्पादन गरेका कृषि फसल , पशुपंछि विक्रि गरेवापत थप सरकारले अनुदान दिने व्यवस्था गर्नु पर्छ । जस्तै दस के जि तरकारी वेचे बापत मुल्यकाे 20% थप अनुदान दिने । प्रति के जि मुल्यकाे 30%, 20% थप अनुदान दिने ।
5) कृषि विषयमा अध्यायन ,अनुसन्धान मा अाकर्षक छात्रवृत्ति काे व्यवस्था मिलनउने
6) कृषि बिषय पढ्ने वा कृषिमा काम गर्ने हरुलाई थप सौलियतकाे व्यवस्था मिलाउने ।
7) कृषि सहकारी बाट सस्तोमा व्याजदरमा ऋणको व्यवस्था गर्ने ।
8) जग्गा बाझाे राख्नेलाई जरिवाना गरि बाझाे जग्गा सरकारले लिने र जग्गा बैक काे व्यवस्था गरि कृषि उत्पादन गर्न चाहनेलाई लिजमा जग्गा दिने व्यवस्था गर्ने ।
9) कृषि उत्पादन संकलन व्यवस्था = किसानलाई उत्पादन काे मात्रै जिम्मेवारी वनाउने । कृषकले उत्पादन गरेका सम्पुर्ण सरकारले नै सहकारी ,कृषि समूह मार्फत कृषि संकलन केन्द्र वनाएर खरिद गर्ने व्यवस्था गर्ने ।
10) कृषकलाई निस्चित उमेर पछि पेन्सन ,वा उपदान काे उसले गरेको उत्पादन काे अाधारमा व्यवस्था गर्ने ।
11) कृषि उद्योग = घरेलुु तथा कृषि उद्योगलाई सम्मान जनक अनुदानको व्यवस्था गर्ने ।
12) प्रत्येक सरकारि अफिस , कार्यालय , शिक्षण संस्थालाई अनिवार्य रुपमा नेपालमा उत्पादन गरेका वा स्थानीय स्तरमा उत्पादन गरेका बस्तु मात्रै उपयोग गर्ने वाध्यात्मक निनि वनाउने ।
13) अायमुलक राेडहरु निर्माण गर्ने ।
15) प्राकृतिक मानवमैत्रि कृषिलाई विशेष प्राथमिकता दिने
16) कृषि मल ,काे लागि राज्यले नै मलकारखाना निर्माण गर्ने ।
17) फाेहारलाई माेहाेर मा वदल्न सरकारले फाेहाेर व्यवस्थापन उद्योग निर्माण गरि त्यसबाट मल तथा उर्जा उत्पादन काे अभियान सन्चालन गर्ने ।
18) एक घर एक करेसा वारि निर्माण अभियान सन्चालन गर्ने
19) एक टाेल वा समूह एक स्वयंसेवक कृषि प्राविधिक काे व्यवस्था मिलाउने
तसर्थ नेपालीको कृषि क्षेत्र काे बिकास गर्न र देशको अर्थतन्त्रलाई अात्मनिर्भर बनाउने तथा भविष्यमा हुन सक्ने भाेकमरिबाट बच्नकाे लागि सबैले सकारात्मक साेच र चिन्तनले नयाँ नेपाल काे निर्माण अभियानमा जुटौ ।
timilsenajp29@ gmail.com