चामुण्डा माध्यामिक विद्यालयका नमुना अभ्यासहरु

प्रविधि रिसर्च समाचार

पृष्ठभुमिः

शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई सम्वृद्धि सँग जोड्ने लक्ष्य लिएको यस चामुण्डा नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेश दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालीका वडा नं.३ मा अवस्थित छ । यस विद्यालयको स्थापना(२०२३) मा प्रा.वि. तह (कक्षा १–५),२०३९ मा मा.वि. तह (८–१०), वि.स. २०५७ सालमा उ.मा.वि.(कक्षा ११–१२), र प्राविधिक शिक्षा तथा व्यावशायीक तालीम परिषद्बाट अनुमति लिएर २०७२ सालमा १८ महिने वाली विज्ञान (I.sc.Ag) र २०७५ सालमा तिन वर्षिय वाली विज्ञान, का कक्षाहरु नियमित रूपलेसञ्चालन भइरहेका छन् ।कक्षा १—१२ सञ्चालन भएको यस विद्यालयमा साधारण शिक्षा, प्राविधिक शिक्षा गरी दुई धारवाट पढाई लेखाई संचालन भईरहेको छ ।

विद्यालयको आफ्नै स्वामित्वमारहेको करीब ५३ रोपनी जग्गामा विभिन्न किसिमका कृर्षि वाली तथा व्यवसायहरुसञ्चालन भईरहेको यस विद्यालयले प्राविधिक कृर्षि शिक्षाका माध्याम वाट प्रत्येक विद्याार्थीलाई आत्मनिर्भर तथा स्वावलम्वी वनाउनका लागिचामुण्डा विन्द्रासैनी नगरपालीका हेल्भेटास नेपाल,सेभ द चिल्डे«न, फाइन स्मार्ट, रामगाड साना किसानकृर्षि सहकारी संस्था, एभरेष्ट क्लव दैलेख लगायतका विभिन्न संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका केही नमुना अभियानहरुनिम्नानुसार रहेकाछन् ।

                 
१.मेहेलमा नास्पति कलमीः
चामुण्डा विन्द्रासैनी नगरपालीका वडा न.ं३ को सिर्जनशिल कवुलियति जनप्रतिनिधि वनमा करीव ३ हजार मेहेलका विरुवामा नास्पतिको कलमी गरिएको छ । प्रकृतिलाई मानव मैत्रिका रूपमा उपयोग गरि आयमुलक जङगल वनाउने उद्देश्यले यहाँका मेहेलका रूखमा एक हागामा मेहेल र अर्को हागामा नास्पति फल्ने र एउटै रूखवाट फरक दृश्य, फरक स्वाद प्राप्त गरि विभिन्न प्रकारका जुस तथा पेयप्रदार्थहरु तयार गरि यूवालाई स्वरोजगार दिने लक्ष्य रहेको छ ।कोक,फेन्टा फुर्टी जस्ता जुसमा वाहिरिने आर्थिक स्रोतलाई रोक्न र स्थानीय स्तरमै स्तरीय जुस तथा पेयप्रदार्थ उत्पादन गरि व्यक्ति, समाज तथा राष्ट्रलाई नै आत्मनिभर वन्न उत्पेरित गर्ने सोचले जङगललाई आयमुलक वनाउने कार्यको थालनी भएको छ ।

                                   

२. एक घर एक पोलिहाउस निर्माणः
विद्यालयको सेवा क्षेत्रभित्रका कृषकहरुलाई परम्परागतरुपमा गरिने जीवन निर्वाह खेतिवाट व्यवसायीक खेति गर्न अभिप्रेरित गराउने उद्देश्यले चामुण्डा विन्द्रासैनी नगरपालीका वडा न.३ र चामुण्डा मा.वि.को सयूंत्त पहलमा एकघर एक पोलीहाउस निर्माण गरि वेमौसमी तरकारी खेतिको अभियान सञ्चालन गर्न करिव ३५ घर वाट थालनी गरेको उक्त अभियानलाई सबै गाउँ वस्तिमा विस्तार गर्न लक्ष्य लिएता पनि सहयोगी हातहरुको अभावले सोचे अनुसार अगाडी वढ्न सकेको छैन ।विद्यालयका अभिभावक तथा स्थानीयसरकारको त्रिपक्षिय सम्झौतामा थालिएको उक्त अभियानले प्रत्येक कृर्षकलाई विउझाउने काम गरेको छ ।यसलाई निरन्तरता दिन सबैको आवश्यकता रहेको छ ।

३. कौशी खेतीः
सहर वजार र घना वस्तीको लागि तथा करेसा वारी नभएको स्थानमा अर्गानिक रूपले व्यवसायीक तरकारी खेतिको लागि कौशी खेती पनि महत्वपूर्ण प्रविधि हो ।विद्यालयका छतमा विद्यार्थीहरुको सक्रियताले कौशी खेती गरिएको छ । विभिन्न वोरा÷कड्ढामा जङगलको माटो र मलको प्रयोगवाट विभिन्न लहरे जातका तरकारी तितेकरेला, सिमीवोडी सागसब्जी, लसुन खुर्सानी को खेती गरिएको छ । यो तरीकावाट विद्यार्थीहले आफै घर आगनको छत तथा वरन्डाको प्रयोग गरी ताजा तरकारीको उपभोग गर्न सक्नेछन्।

४.थोपा सिचाई प्रविधिः
थोपा सिचाई प्रविधि भन्नाले पानीको अभाव भएको क्षेत्रमा थोरै पानीलाई ड्रम वा भाडामा जम्मा गरेर मसिनो पाइपको सहयोगले थोपा थोपा वाट गरिने सिचाइलाई थोपा सिचाई पद्धति भनिन्छ ।यसै विधिलाई आत्मसाथ गरि यस चामुण्डा मा.वि.मा अध्ययरत विद्यार्थी भाइवहिनीहरुले नमुनाको रूपमा विद्यालयको फिल्ड किनारमा काक्रा,फर्सी उमारी यो प्रविधि प्रयोग गरियको छ । जसवाट विद्यार्थी मात्र नभई विद्यालय वरपरका कृषक तथा विद्यालयमा घुग्न आउने अभिभावकमा पनि उत्पेरणा जागेर यसको प्रयोग घर घरमा फैलिदो क्रममा छ ।

५. नमुना तरकारी वगैचाः
विभिन्न जातका तरकारी एक ठाउँमा उत्पादन गर्ने तरीका र नतिजा प्रदर्शन गर्नका लागि यो नमुना तरकारी वगैचा निर्माण गरिएको छ । यहाँका विद्यार्थीलाई व्यवसायीक तरकाति खेति सिकाउनको लागि प्राविधिक धारमा अध्ययरत  विद्यार्थीहरुमार्फत उन्नत तरिकाले तरकारी उत्पादनकार्य भइरहेको छ । हिउदे महिनामा उत्पादन गर्न सकिने विभिन्न जातका सागपातह विभिन्न जातका जरेवाली, काउली वर्गका जातहरु उपयोग गरि आधुनिक तरकारीको उत्पादन कार्य हुदैछ । यो कार्य वाट विद्यार्थी र किसानलाई व्यावशायीक खेतिमा आत्म विश्वास वढेको पाइयो ।


६. साग खेतिः
विभिन्न जातका र फरक फरक समयमा साग खेतिको उत्पादन गरि तुलनात्मक रmपमा अध्यापन र अनुसन्धानको कार्य थालनी भइरहेको छ । विद्यार्थीहरुले काम गदै, सिक्दै, सिकाउदै र आर्गनिक उत्पादनको उपयोग र सन्तुष्टि लिइरहेका छन् ।

७. फलफूल खेतिः
विद्यालयको स्वामित्वमा रहेको जग्गामा करिव ५००० अमिलो जातका फलफूलको वगैचा निर्माण प्रक्रियामा छ । सुन्तला, कागति, अमिलो, जुनार,केरा,आरु, आप आदिको फलफूल वगैचा रहेको छ ।

८. अदुवा खेतिः
थोरै जग्गामा कम मेहनेतले अधिकतम उपलब्धी लिने उद्देश्यले एउटा सानो अदुवा बारी रहेको छ । परम्परागत रुपमा थोरै उत्पादन हुने ठाउँमा अधिकतम लाभ हुने हुँदा अदुवा खेतिको प्रभाव गाउँघरमा फैलिदो क्रममा रहेकोछ ।

९. नमुना नर्सरी स्थापनाः
विद्यालयको कृर्षि फर्म लाई आवश्यक पर्ने,एक घर एक करेसा वारी तथा इच्छुक विद्यार्थी र किसान लाई व्यवसायीक खेतिको लागि आवश्यक हुने विउ विजन उत्पादनका लागि एउटा नमुना नर्सरी रहेको छ ।व्यवसायीक खेतिको लागि मात्र थालनि गरिएको नर्सरी अव, फलफूल, जडिवुटी खेतिका लागि पनि विकास हुने क्रममा रहेको छ ।

                                         

१०.च्याउखेतिः
प्राविधिक शिक्षामाअध्ययनरत विद्यार्थीले कक्षा गत रूपमा, समुहगत रूपमा र व्यक्तिगत रूपमा च्याउखेतिगर्दै शिक्षा,स्वास्थ्य,सन्तुष्टी र आय आर्जज सँगै प्राप्त गरीरहेका छन् ।

११. काक्रो,फर्सि खेतिः 
विद्यालयलेकृर्षि फर्ममा विभिन्न मौसममा विभिन्न जातका क्राक्र्रा फर्सिहरु उत्पादन गर्दै र विद्यार्थीहरुलाई आर्य आर्जनको वातावरण नियमित रूपमा सिर्जना गर्ने एउटा छुटै फर्मको व्यवस्था गरिएको छ ।

१२. करेसावारीः 
विद्यालयमा कक्षागत करेसा वारी तथा वगैचा निर्माण कार्यको थालनि गरिएको छ । पढ्दै सिक्दै गर्ने उद्देश्यले प्रत्येक विद्यार्थीहरु सहभागिहुने गरि करेसावारी निर्माण हुदैछ । प्रत्येक विद्यार्थीले आफनो घरमा पनि करेशावारी निर्माण गर्ने अभियान थालिएको छ ।
१३. गड्यौला मल उत्पादन ः
गाई भैसीकोे मल प्राप्त मात्रामा उपलब्ध नभएको बेला गड्यौैला पालन प्रविधिबाट आवश्यक पर्ने मल उत्पादन गरिरहेका छौ । गड्यौला मलबाट विरुवालाई आवश्यक पर्ने खाद्यय तत्वहरु प्रसस्त मात्रामा प्राप्त हुने हु्ँदा विद्यालयको प्रयोगात्मक फिलडको जग्गामा एउटा गड्यौ्ला मल उत्पादन संरचना निर्माण गरी मल उत्पादन कार्य भैरहेको छ ।

१४.गमलामा फूल खेतिः 
विद्यालयको संरचना वरिपरी विद्यालयलाई आर्कषक गराउन को लागि विभिन्न आलाङ्कारीक विरुवाहरु गमलामा रोप्ने कार्य भैरहेको छ ।

अमेरिकामा गमलाको खेती !!(GAMALA KHETI) - YouTube
१५. वयस्ट डिकम्पोजरको प्रयोगः
वयस्ट डिकम्पोजरले बोटविरुवालाई आवश्यक पर्ने खाद्ययतत्वहरु उपलब्ध गराउनको साथै विरुवालाई मल तथा विषादीदुवैको कामगर्ने हुँदा यसको आवश्यकता लाई मध्यनजर गरी विद्यालयमानै यसको निर्माण गरी प्रयोग गर्न सुरुवात गरिएको छ ।

वेस्ट डीकम्पोजर : जैविक खेती के लिए ...
१६. जिवाअमृत उत्पादनः
जिवाअमृतको प्रयोले माटोमा शुष्म जिवाणुको क्रियाकलापलाई वृद्धि गरी माटाको संरचनामा सुधार ल्याउनको साथै बोटविरुवालाई असर गर्ने रोग किराहरुको रोकथाम तथा मलको रुपमा कामगर्ने हुँदा यसको महत्वलाई बुझि गाईगोरुको पिसाबलाई संकलन गरीविद्यालयमा नै जिवाअमृतको निर्माण गरी प्रयोग गर्ने कार्य भैरहेको छ ।

१७. जैविक विषादि उत्पादनः
जैविक विषादीको प्रयोगले बोटविरुवाको रोगकिरालाई रोकथाम गर्ने र प्रयोग गर्दा वातावरणमा पनि कुनै नकारात्मक असर नपर्ने हुँदा स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न तितो,पिरो,टर्राे आदि स्वाद भएका बोटविरुवाका विभिन्न भागहरु कुटेर धुलो गराई, पानि मिसाई झोल गराई, जैविक विषादि निर्माण गर्ने कार्य भैरहेको छ ।

१८. व्यवसायीक नमुना धान खेतिः 
प्राविधिक शिक्षामा अध्ययनरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुवाट विद्यालयको कृर्षि फिल्डमा नमुना धान खेति गरिरहेको अवस्था ।

     

किसानहरुलाई कृर्षि पेसामा आकर्षित गराउनको लागि स्थानिय किसानहरुलाई विद्यालयको तर्फवाट तालीम दिने कार्य भैरहेको छ ।

प्रस्तावित कार्यक्रमहरु ः
* एक विद्यार्थी, एक घर,एक आगनिक करेसावारी निर्माण हरित विद्यालय निर्माण अभियान
*प्राङ्गागारिक पाठशाला निर्माण आउ पढ् कमाउ र जाऊ ः
*प्राकृतिक मानव मैत्री कृषि अभियान जैविक घेरावार निर्माण
*कृर्षि उद्योग स्थापना कृर्षि म्पूजियम निर्माण

चामुण्डा माध्यामिक विध्यालयले गरेका केही शैक्षिक गतिविधिका दृष्यहरुः