कर्णाली प्रदेशको शिक्षा, रोजगार र आयस्रोत

Flash News B रिसर्च समाचार

जयप्रसाद तिमिल्सेना

परिचयः

कर्णाली प्रदेश, सभ्यता ,भाषा ,संस्कृति र एेतिहाँसिकताकाे उद्गम स्थल हो ।नेपाली भाषा ,विभिन्न जातजाति ,भाषा भाषिकाे उद्गम स्थल कर्णाली हो ।विश्व मै  मानव सभ्यताकाे विकास तथा ठुला सहरहरुकाे विकास नदिहरु सग जाेडिएकाे छ ।

यथेन्स वा मेसाेपाेटाेनिया अथवा राेमन सभ्यता सबै नदि सग जाेडियका छन त्यस्तै नेपालकाे पुरानो सभ्यता ,संस्कृति कर्णाली सग जाेडिएकाे छ।नेपाली भाषा ,,संस्कृतिको उद्गम स्थल यश प्रदेशको शिक्षा ।स्वास्थ ,विकास ,राेजगार ,तथा समग्र सम्बृदिकाे दृस्टीले पछि भएता पनि प्राकृतिक साधन ,श्राेत तथा सम्भावना धेरै राम्रो छ ।भौगोलिक रुपमा ठुलो तर शिक्षा ,स्वास्थ ,विकासका पुर्वाधार ,जनसंख्या ,राेजगार , प्रतिव्यक्ति अाय , जनघनत्व , अादिकाे दृश्टिले सबै प्रदेश भन्दा कमजोर छ ।

नेपालका सातवटा प्रदेशहरुमा भौगोलिक हिसाबले सबैभन्दा ठुलो प्रदेश कर्णाली हो ।पुर्वीया गण्डकी प्रदेश ,पश्चिमा सुदुरपश्चिम प्रदेश ,उत्तरमा  चिनकाे तिव्वत र दक्षिणमा पाँच नम्बर प्रदेशको विचमा नेपालको कुल क्षेत्रफलको 31.6% समेटेको यो प्रदेशको क्षेत्रफल  27984 वर्ग कि मि ( 10805 वर्ग माईल) रहेको छ । दशवटा जिल्ला 25 वटा नगरपालिका ,54 वटा गाउँ पालिका र 718 वटा वडाहरु भएको यो प्रदेशको राजधानी विरेन्द्रनगर हो । नेपालीको कुल जनसंख्याको 6.12%  जनसंख्या अथवा   यश प्रदेशको पुरुषको संख्या 767923 र महिलाको  802495 गरि कुल जनसंख्या 1570418 (  जनगणना सन 2011) रहेको थियोे । प्रति व्यक्ति अाय 808 डलर रहेको यश प्रदेशले राश्ट्रिय राजश्वमा मात्रै 0.12%  भुमिका निर्भाह गरेको छ ।साक्षरता काे रुपले हेर्दाः

महिला साक्षर :- 53.21%
पुरुष साक्षर ;- 72.88%
कुल साक्षर :- 62.77%

यसैगरी यहाँ ५४ जातजाति, ३५ भाषाभाषी र १० धर्मावलम्बीको बसाेबास छ । कर्णाली प्रदेशको भौगोलिक तथा राजनीतिक विभाजनलाई निम्नानुसार देखाउन सकिन्छः

जिल्ला      नगरपालिका      गाउपालिका         कुलजम्मा
न पा     वडा      गा पा  वडा     स्था तह  वडा
प रुकुम      3     42          3          31      6       73
सल्यान      3     39         7           44     10     83
सुर्खेत        5      64       4          35        9        99
दैलेख        4      42      7         48        11      90
जाजरकोट   3     39       4        38         7        77
कालिकोट    3     31      6       51           9      82
जुम्ला         1       10     7       50          8        60
हुम्ला           0        0     7       44         7         44
मुगु          1          14    3      31        4        45
डाेल्पा        2        22     6      43        8       65
कुल स      25       303   54     415    79      718

(education brochure 2017 )

कर्णाली प्रदेशको शैक्षिक अबस्था

हरेक व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरि व्यक्ति ,समाज र रास्ट्रकाे विकास र संबृध्दिमा महत्त्वपूर्ण भुमिका शिक्षाको हुन्छ ।जहाँको शिक्षा राम्रो ,स्तरिय र उन्नत , बैज्ञानिक तथा गुणस्तरीय छ त्यहाँको स्वास्थ , कृषि ,यातायात ,कला , संस्कृति , प्रतिव्यक्ति अाय , राेजगार लगायत समग्र पक्ष राम्रो हुन्छ ।तर कर्णाली प्रदेशको शैक्षिक अबस्थामा धेरै सुधारकाे अावस्यकता रहेको छ र अामुलपरिवर्तनकाे पर्खाई मा छ ।

कर्णाली प्रदेशको वर्तमान शैक्षिक अवस्थालाई शिक्षा मन्त्रालयकाे तथ्यांकअनुसार निम्नानुसार छः
शिक्षण संस्थाहरुकाे विवरण
वालविकास ( ECD) संख्या ;- 2711
समुदाय शिकाईकेन्द्र :-    241
साधारण स्कुल :- सामुदायिक :- 3013
संस्थागत :-  186
कक्षा 9-10 प्राविधिक स्कुल :- 16
प्राविधिक शिक्षा ( tslc) :- 67
प्राविधिक शिक्षा ( Diploma ) ;- 11
क्याम्पस / कलेज ;- 56
मेडिकल कलेज ;- 1
विश्वविध्यालय ;- 1

कर्णाली प्रदेशका कक्षा 1 देखि कक्षा 12 सम्मका छात्र / छात्राहरूको विवरण :- छात्रा:- 303086
  छात्र ;- 292719
कुल जम्मा :- 595803
साक्षरतामा :- महिला साक्षर :- 53.21%
पुरुष   साक्षर ;- 72.88%
कुल साक्षर    ;- 62.77%
शिक्षक दरवन्दि ( कक्षा 1- 10 सम्म)
कुल दरवन्दि संख्या ;- 8060
कुल राहकाेटा संखघ;- 3645
कुल जम्मा ;- 11705

सबै तहमा कार्यरत शिक्षक शिक्षिकाहरु :-
शिक्षिका :- 5918
शिक्षक ;- 14674
कुल संख्या :- 20592
विभिन्न तहगत    विद्यार्थी विवरण
वालविकास तह           ;- 53002
अाधारभुत तह ( कक्षा 1–5) ;- 338728
अाधारभुत तह( कक्षा 6-8) :- 153962
मा वि तह ( कक्षा 9-10)   ;- 72041
मा वि तह ( कक्षा 11=12) :- 31072
कुल विद्यार्थी संख्या ;- 1323060

यस्तै गरि कर्णाली प्रदेशका शिक्षण संस्थाहरुकाे तहगत विवरण यस्तो छः
तह              सामुदायिक विद्यालय       संथागत विद्यालय
वाविकास            2512                   199
कक्षा 1-12         3013                    186
कक्षा 1-5          2980                     181
कक्षा 6-8           1079                     103
कक्षा 9-10        511                         63
कक्षा 11-12      211                         15

गरिबी ,कुपोषण ,वालमृत्यु , मातृमृत्यु दर धेरै भएको यश प्रदेशको शिक्षाले अामुलपरिवर्तनकाे प्रतीक्षा गरिरहेकाे छ ।शिक्षालाई सीप ,सिपलाई श्रम ,श्रमलाई उत्पादन र उत्पादनलाई समृद्धि संग जाेड्ने शिक्षा निति काे खाँचो छ । शिक्षाले कृषि ,जल ,जमिन ,जडिबुटी ,हाेटल व्यावसाय , व्यापार तथा पर्यटनलाई उकास्ने हुनुपर्छ ।पढ्दै कमाउदै गर्ने अथवा पढाइ , राेजगारि र अाम्दानिलाई सगै जाेडेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

राेजगार तथा अायश्राेतका सम्भावना

कर्णाली प्रदेश उद्योगधन्दा , कलकारखाना तथा विकासका पुर्वाधारकाे हिसाबले धेरै पछाडि छ ।यहाँका अधिकांश बासिन्दाहरु गाँस ,बाँस ,कपास तथा वालवालिकाकाे शिक्षा दिक्षाकाे व्यावस्थापन गर्न राेजिराटिकाे लागि भारत , खाडी मुलुक , काेरिया , अस्ट्रेलिया ,जापान ,अमेरिका अादि देशमा पुगेका छन ।कृषिको सम्भावना कम भएको यश प्रदेशमा अझै परम्परागत कृषि खेतीले 5/6 महिना सम्मकाे लागि खाध्यान्न पुग्दैन ।कृषिको सम्भावना कम भए पनि यो प्रदेशमा फलफूल खेती ,जडिबुटी खेती ,जलविद्युत उत्पादन ,खनिज पदार्थको उत्खनन ,वन पैदावर ,पर्यटन तथा हाेटल व्यावशायकाे विकासको सम्भावना धेरै राम्रो छ । यो प्रदेशको वेराेजगारि समस्या समाधान गरि अार्थिकस्थर वढाउन संघीय सरकार ,प्रदेश सरकार तथा स्थानीय सरकारले सयुक्त रुपमा एकद्वार पद्धतिमा निम्न क्षेत्रहरुकाे विकासमा अगाडि बढ्नु पर्ने देखिन्छ ।

जलशक्तिकाे विकासका

विधुत विकास विभागकाे तथ्यांकअनुसार कर्णाली प्रदेशमा  17799 k. w विधुत उत्पादन काे सम्भावना रहेको छ ।यहाँका ठुला नदि हुम्ला हुदै बग्ने कर्णाली , डाेल्पा हुदै बग्ने भेरि र जुम्ला हुदै बग्ने तिला नदिमा मात्रै 7000 k.w. विधुत उत्पादन काे सम्भावना रहेको छ ।हाल सन्चालनकाे प्रक्रियामा रहेका नलगाड ( 110 k.w.) अपरकर्णालि (900 k.w.) सानो भेरि ,तिला ,वेतान ,भेरिडाइभ्रसन जस्ता ठूला अायाेजना सम्पन्न भएमा हजारौं राेजगारका अबसर सृजना हुनु का साथै अार्थिक र विकासको दृस्टीले सबैभन्दा अगाडि यो प्रदेश हुनेछ । जलशक्ति सहि सदुपयोग गरि खानेपानी सिचाइ तथा जलविद्युत उत्पादनमा पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ ।

धार्मिक ,सांकृतिक तथा पर्यटनको विकास

नेपाली भाषाको उद्गम स्थल , विभिन्न जातजातिको उद्गम स्थल विभित्र सभ्यता र संकृतिकाे जन्मथलो  यश प्रदेशमा धार्मिक ,सास्कृतिक तथा पर्यटन क्षेत्रकाे विकास र विस्तार गर्न सकेमा लाखौं राेजगारका अवसरहरु सृजना हुनेछन्  र कर्णाली प्रदेशको ढाेका खुल्ने छ ।महत्त्वपूर्ण पर्यटकिय स्थलहरुकाे भर्म्रणमा अान्तरिक तथा वाह्य पर्यटककाे घुईचाे लाग्ने छ ।हवाई मार्ग , स्थलमार्ग , जलमार्ग तथा पैदलमार्ग काे सुरक्षित र सुविधायुक्त व्यावस्थापन गर्न सके सिंगो मुलुकाे अार्थिक उन्नति टेवा मिल्ने छ ।अर्गानिक परिकार ,फलफूलका विभिन्न प्रकारका जुस र पेय पदार्थ ,सुविधा सम्पन्न हाेटलहरु , अतिथि देवाे भव भन्ने भावनाका हाेम हाेस्टेहरु अादिकाे विकासको  प्रचुर सम्भावना भएको एस प्रदेशका महत्त्वपूर्ण  पर्यटकिय स्थलहरुमा जुम्लाको सिजा उपत्यका ,सुर्खेतको काँक्रेविहार , वुलवुले , देउतिवज्यै ,दैलेखको श्रीस्थान ,  नाविस्थान , पादुका , काेटिला , भैरवि , मदानताल , गडि , पञ्चदेवल ,रुकुमको सेर्पालाल , वाउन्न पाेखरि ,त्रिपन्न ताल कालिकोटको पाताल झरना , मुगुको राराताल ( स्वार्गकि अपसरा) , रारा रास्ट्रिय निकुञ्ज , हुम्लाको हिल्साहुदै मासराेवरकाे यात्रा  लगायत सेफाेक्सुण्डाे ताल , कान्जिरवा हिमाल ,से फाेक्सुडाे निकुञ्ज ,कुपिण्डे दह ,सिस्ने हिमाल ,डाँफे हिममल ,जस्ता सयौ रहेका छन । पर्यटन उद्योग तथा व्यावसायकाे  निति तथा दिर्घकालिन योजना वनाएर शिक्षाको माध्यमले हजारौं राेजगारिकाे सृजना हुनेछ ।

कर्णाली प्रदेशको विकास र  सम्बृधिकाे ढाेका खाेलि तिव्वतबाट नेपाल हुदै भारत सम्मकाे व्यापार संचालन तथा भारतीय करोडौं धर्मलम्विहरु ( तृथ यात्रि)लाई यहाँको मनाेरम प्राकृतिक दृश्य ,अर्गानिक परिकारहरुकाे विभिन्न स्वाद ,मनाेरम साँस्कृतिक झलकले माेहित पार्दै तिब्बतको मानसरोवर सम्म पुग्ने महत्त्वपूर्ण दुईवटा करिडोर निर्माण गर्नुपर्ने देखिन्छ । ती करिडोरहरु हुन ;-

कर्णाली करिडोर ;- भारतको उत्तर प्रदेश कतर्नियाबाट नेपालकाे बर्दिया ,दौलतपुर ,छाेटि भन्सार , दैलेखको राकम कर्णाली हुदै हुम्लाबाट हिल्सा जाेड्ने वाटाे ।हिल्सा तिब्बतको सिमा बजार तथा धार्मिक पर्यटकिय क्षेत्र मानसरोवर काे महत्त्वपूर्ण नाका बजार हाे ।

भेरि करिडोर ;- भारतकाे जमुनिया रुपैडिया नाकाबाट सुर्खेतको छिन्चु हुदै सल्यान ,जाजरकोट ,रुकुम र राेल्पाका विभिन्न भाग छिचोल्दै तिब्बतको मारिंगालमा जाेडिन्छ ।मारिंगाल तिब्बतको सिमा बजार हाे ।यो करिडोर तिव्वत र भारतको उत्तर प्रदेश जाेड्ने सबैभन्दा छाेटाे मार्ग पनि हाे ।

फलफूल तथा जडिबुटी काे विकास

यो प्रदेश फलफूल तथा जडिबुटीकाे धेरै उर्वर भुमि हो । यार्सागुम्बा ,पाँचअौले  ,सिलाजि ,राताे च्याउ ,लगायत सयौं जातिका मुल्यवान जडिबुटी यो प्रदेशमा पाउछन् । बर्सेनि अरबौ रुपैयाँ का जडिबुटी सडिरहेका छन भने बराेडौ का जडिबुटी प्रसाेधन नगरि कानुनी तथा गयर कानुनी बाटो भएर बाहिरि रहेका छन ।योजनाबद्ध जडिबुटी खेती गर्ने , प्रसाेधन र प्रवर्द्धन उद्योग सन्चालन गर्न सकेमा लाखौं राेजगारिका अबसर सृजना हुनेछन् ।

कर्णाली प्रदेशमा स्याउ , सुन्तला , अाेखर , अाँप , केरा लगायत धेरै जातिका फलफूल खेतीकाे राम्रो सम्भावना रहेको छ । अदुवा  ,बेसार , लसुन , अलैंची ,खुर्सानी अादि  नगदेवालिहरुकाे उत्पादन धेरै हुने हुदा यहाँ फलफूल तथा नगदेवालिकाे योजनाबद्ध विकास काे खाँचो रहेको छ । फलफूल बाट विभित्र प्रकारका स्तरीय  जुस र पेय पदार्थ बनाएर  देश भित्र तथा अन्य मुलुकमा पुर्याउन सके प्रसस्तै विदेशी मुद्रा अार्जन गर्न सकिने छ ।

साना ,मझौला तथा ठूला उद्योगकाे विकासः

वन गंगल ,जडिबुटी , कन्दमुल , फलफूल ,  नगदेवालि ,  फलाम ,तामा खानि , प्रेट्राेलयन पदार्थ लगायत  हजारौं प्राकृतिक उपहारको खानि भएको यश प्रदेशको चौतर्फी विकासको लागि साना तथा मझौला उद्योगमा  क्रान्तिकारी फड्को मार्नु अावस्यक छ । सुखि ,समृद्धि र सम्पन्न कर्णाली प्रदेशको लागि अौधाेगिक क्रान्ति अावस्यक देखिन्छ । एक वडा एक उत्पादन एक सानाे उद्योग ,एक स्थानीय तह कम्तीमा एक मझौला उद्योग तथा अावस्यक्ता  अनुसार जिल्ला र प्रदेशमा ठुला उद्योग स्थापना  गरिनु पर्छ । उद्योगमा मसला उद्योग ,सस तथा जुस उद्योग ,सावुन उद्योग ,बाँस निगाला उद्योग ,कागज उद्योग ,अर्गानिक तथा रासायनिक मल उद्योग ,भिन्न परिकार उत्पादन उद्योग , खनिज तथा पेट्रोलियम पदार्थ उत्खनन र प्रशाेधन  उद्योग ,अादि  अावस्यक्ता र सम्भावना काे अाधार कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने देखिन्छ ।

अत कर्णाली प्रदेशको शिक्षा ,राेजगारि र अायकाे अवस्था अहिलेकाे अवस्थामा केही कमजोर देखियता पनि    व्यावहारिक तथा गुणस्तरीय शिक्षाकाे विस्तार गरि यहाँको अार्थिक स्तरमा वृद्धि गरि वेराेजगारि समस्या समाधान गरेर   सम्मुनत ,सम्वृध ,सक्षम  र सम्पन्न प्रदेश बनाउन जल , लमिन ,जंगल ,जडिबुटी र पर्यटनको क्षेत्रलाई पहिलो प्राधमिकता दिएर अगाडि बढ्नु पर्ने देखिन्छ ।